15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित




बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित

काठमाडौं, २९ साउन ।  प्रतिनिधि सभाबाट ‘बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ‘बीमा विधेयक २०७९’ पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।

गत असार २ गते अर्थसमितिले संसदमा पेश गरेको बीमा विधेयकको दफा एकदेखि १२४ सम्मका बुँदाहरुलाई बिधेयकको अंग बनोस भन्ने प्रस्ताव संसदबाट पारित भएको छ । संसदले उक्त प्रस्ताव पारित गरे सँगै यस बाहेकका एक देखि १७२ सम्मका बुँदा तथा अनुसुची पनि संसोधन विधेयकको अंग बनोस भन्ने प्रस्ताव निर्णयार्थ पारित भएको छ ।

संसदले उक्त विधेयकको प्रस्तावना, विधेयकको नामलाई पनि पारित गरेको छ । यसरी संसोधित बुँदा, अनुसुची, प्रस्तावना र विधेयकको नाम संसदबाट पारित भए सँगै अर्थमन्त्री जनार्दन शर्माले ‘बीमा विधेयक २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यसरी शर्माले गरेको प्रस्ताव संसदबाट बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाबाट पारित भए सँगै अव यो विधेयक राष्ट्रिय सभामा पेश हुनेछ । राष्ट्रिय सभाले पनि पारित गरे पछि यो बल्ल कार्यान्वयनमा आउनेछ ।




यसमा तपाइको मत


Comments