06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौंमा २३५ जनासहित नेपालमा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि




काठमाडौंमा २३५ जनासहित नेपालमा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३१ साउन । पछिल्लो २४ घण्टामा देशभरमा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार मंगलबार एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।


एक दिनमा कुल पाँच हजार ६१९ कोरोना परीक्षण हुँदा २ हजार ७२२ पीसीआर परीक्षण र २ हजार ८९७ एन्टिजेन परीक्षण भएको थियो । यसरी पीसीआर परीक्षण गर्दा ३९९ जना र एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण पाइएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २३५ जना, ललितपुरका २९ जना र भक्तपुरका सात जना छन् ।

मन्त्रालयका अनुसार मंगलबार ५२६ जनाले संक्रमण जितेका छन् । अहिले नेपालमा कुल पाँच हजार २५९ सक्रिय संक्रमित रहेका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments