14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रेमिट्यान्स बढेर आयात घट्दा समेत बढेन विदेशी मुद्राको सञ्चिति




रेमिट्यान्स बढेर आयात घट्दा समेत बढेन विदेशी मुद्राको सञ्चिति

 काठमाडौं, ५ कात्तिक ।  चालु आर्थिक वर्षको दुई महिनामा विदेशी मुद्राको सञ्चिति १९ करोड डलरले घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थिति अनुसार भदौं महिनामा मात्रै विदेशी मुद्राको सञ्चिति ७ करोड डलरले घटेको छ ।

साउन मसान्तमा ९ अर्ब ४२ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति भदौं मसान्तमा ९ अर्ब ३५ करोड डलर पुगेको छ । गत साउनमा विदेशी मुद्राको सञ्चिति १२ करोड डलरले घटेको थियो । असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति साउन मसान्तमा घटेर ९ अर्ब ४२ करोड पुगेको थियो ।

चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स आप्रवाहमा ११.३ प्रतिशतले वृद्धि हुनुको साथैं आयात १३ प्रतिशतले घट्दा समेत विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोकिएको छैन । जसले गर्दा शोधानान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने विदेशी मुद्रा) २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ ।




यसमा तपाइको मत


Comments