14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बढ्यो सुनको भाउ




बढ्यो सुनको भाउ

काठमाडौं, २९ कात्तिक । सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । कात्तिक २९ गते, मंगलबार चाँदी तोलामा ३० रुपैयाँले महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य सस्तिएको छ । हिजो सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । मंगलबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी प्रतितोला ३० रुपैयाँले उकालो लाग्दा एक हजार ३२५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २९५ रुपैयाँमा झरेको थियो ।
 




यसमा तपाइको मत


Comments