22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फिफा विश्वकपको फाइनल खेलेर सन्यास लिने अर्जेन्टिनी स्टार मेस्सीको घोषणा




फिफा विश्वकपको फाइनल खेलेर सन्यास लिने अर्जेन्टिनी स्टार मेस्सीको घोषणा

एजेन्सी । अर्जेन्टिनी सुपर स्टार लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै सन्या स लिने घोषणा गरेका छन् । मंगलबार राति सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराउँदै जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन् ।

‘फाइनल खेलेर मेरो विश्वकप यात्रा टुंग्याउन पाउँदा म खुसी छु,’ मेसीले अर्जेन्टेनी मिडिया डायरिओ डेपोर्टिभो ओलेसँगको कुराकानीमा भनेका छन् । अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न नसक्ने भन्दै मेसीले आफ्नो विश्वकप यात्रा सकिने बताएका हुन् ।

अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन । दुई पटकको विश्व विजेता अर्जेन्टिनाले मेस्सीको नेतृत्वपछि विश्वकप उपाधि जित्न सकेका छैन । यसपालि तेस्रो उपाधिको नजिक आइपुगेको अर्जेन्टिनाले बुधबार राति हुने मोरक्को र फ्रान्सबीचको सेमिफाइनल विजेतासँग आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका मेस्सीले गत वर्ष मात्र कोपा अमेरिका जितेर सिनियर राष्ट्रिय टोलीमा उपाधि खडेरी टारेका थिए । मेस्सीले खेलेयता अर्जेन्टिना कोपा अमेरिकामा सन् २००७, २०१५, २०१६ र २०२१ मा फाइनल पुगेको छ भने विश्वकपमा २०१४ मा पनि फाइनल पुगेको थियो ।



Related News


यसमा तपाइको मत


Comments