21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार




वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार

काठमाडौं, ७ असार । आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । जिम्बाबेको हरारे स्पोर्टस एकेडेमिमा टस हारेर पहिला बलिङ गरेको नेपालले ३ सय ४० रनको लक्ष्य पाएको थियो ।
जवाफमा ब्याटिङमा उत्रिएको नेपालले ५०औं ओभरको चौथो बलमा अलआउट हुँदै २ सय ३८ रन मात्रै बनायो । पहिलो इनिङमा बलिङमा उत्कृष्ट सुरुआत गरको नेपालले वेस्ट इन्डिजका कप्तान शाही होप र निकोलास पुरानबीचको शाझेदारि तोड्न नसक्दा बिशाल योगफल पाएको थियो ।
होपले पुरनसँग २ सय १२ रनको साझेदारि गर्दै सर्वाधिक १ सय ३२ रनको योगदान गरेर पभेलियन फर्किए । उनले ललित राजवंशीको बलमा भिम सार्कीबाट क्याच आउट हुनु अघि१ सय २९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गरे ।

पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन जोडेर दीपेन्द्र सिंह ऐरीको बलमा क्याच आउट भए । ओपनर ब्रान्डन किङ ४२ बलमा समान २ चौका र छक्कासहित ३२ रनमा आउट हुँदा, रोभमन पोवेल २९ रनमा आउट भए । जासोन होलर १६ रनमा अविजित रहे ।

नेपालको बलिङमा ललित राजवंशीले १० ओभरमा ५२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

नेपालको ब्याटिङमा आरिफ शेखले सर्वाधिक ६३ रन जोडे । गुलशन झाले ४२ रन योगदान गर्दा कप्तान रोहित पौडेल ३० रन, आसिफ शेख २८ रन, दीपेन्द्रसिंह ऐरी २३ बनाएर पभेलियन फर्कँदा करण केसी २८ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका जासन होलरले सर्वाधिक ३ विकेट लिए । भने, अलजारी जोसेफ, किमो पल र एकिल होसियनले दुई–दुई विकेट लिए । केल मायर्सले १ विकेट लिए ।

पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हाराएको थियो । अब नेपालले सुपर सिक्समा स्थान बनाउन अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्सलाई हराउनै पर्ने दबाव छ ।
 



Related News


यसमा तपाइको मत


Comments