15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

६५ करोड बिगो दावी गर्दै बल्छी धुर्बे र राजु पौडेलसहित १० जनाविरुद्ध मुद्दा दर्ता




६५ करोड बिगो दावी गर्दै बल्छी धुर्बे र राजु पौडेलसहित १० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २५ असार । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरू मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर)सहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार उनीहरुविरूद्ध अभियोगपत्र दायर गरेको हो । उनीहरुले वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।

श्रेष्ठ र पौडेलसहित दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज

घिमिरेविरुद्ध पनि सट्टेबाजी वेभसाइट प्रचार गरेको अभियोग लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।
 




यसमा तपाइको मत


Comments