15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तारकेश्वर नगिनीखोलाबाट नक्कली नोटसहित तीन जना पक्राउ




तारकेश्वर नगिनीखोलाबाट नक्कली नोटसहित तीन जना पक्राउ

काठमाडौं, २३ साउन । काठमाडौंको तारकेश्वर नगरपालिका– ५ गोलढुंगा नगिनीखोलाबाट सशस्त्र प्रहरी बलले नक्कली नोटसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। 

सोही ठाउँका हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका– ५ घर भएका लक्ष्मी पाण्डे, लमजुङको दोर्दी गाउँपालिका– २ घर भएका सुवास गुरुङ र रामेछापको गोकुलगंगा गाउँपालिका– १ घर भएका मदन दमाई‌ंलाई प्रहरीले पक्राउ गरेको हो। 

ad
उनीहरूको डेराबाट एक हजार दरका एक सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने दुई सय थान कागज बरामद भएको छ।

यसैगरी, चारवटा मोबाइल, १० वटा सिमकार्ड, २२० सिसीको बा. ६५प ९०२७ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ। 

नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याई राखेको हुन सक्ने आशंका प्रहरीले गरेको छ।



Related News


यसमा तपाइको मत


Comments