11 Ashwin, 2080 / 28 September , 2023
काठमाडौं, ३२ साउन । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा हुने भनिएको नियमित सुनुवाइ स्थगित भएको छ।
न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति दुईवटा देखिन आएको भन्दै प्रमाणीकरण गर्न आदेश दिँदै त्यसपपछि मात्र फैसला बहस हुने आदेश सुनाएका छन्।
अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेसी तोक्ने जानकारी गराएको बताइएको छ।
लामिछानेले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन्। विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता उनको मुद्दाले निरन्तरता पाउन सकेको थिएन।
यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले विदेश जान नपाउनेगरी २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो।