21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बहराइनमाथि नेपालको सानदार जित 




बहराइनमाथि नेपालको सानदार जित 

काठमाडौं, १५ भदौ । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमानेपालले बहराइनमाथि सानदार जित निकालेको छ । 

शुक्रबार भएको खेलमा नेपालले बहराइनमाथि १० विकेटको सानदार जित निकालेको हो । जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । 

बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा बिना विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका लागि कविता कुँवर १७ र सीता राना मगर २ रनमा अविजित रहिन् । १४ बलको सामना गरेकी कविताले तीन चौका प्रहार गरेकी थिइन् ।

यसअघि मलेसियाको क्वालालम्पुर सेलान्गोर टर्फ क्लबमा टस जितेर ब्याटिङ रोजेको बहराइनले १५.४ ओभरमा सबै विकेट गुमाएर ३१ रनको योगफल तयार पारेको थियो । बहराइनका लागि दिपिका रासंगिकाले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि इन्दु बर्माले ३, खुसी डंगोलले २ तथा कप्तान रुबिना क्षेत्री, कविता कुँवर र पूजा महतोले समान १-१ विकेट लिएका थिए । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली मलेसियालाई ५ रनले पराजित गरेको थियो ।
 



Related News


यसमा तपाइको मत


Comments