11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पेप्सीकोला दुर्घटना हुँदा एक जनाको मृत्यु, घाइतेको अस्पतालमा उपचार हुँदै




पेप्सीकोला दुर्घटना हुँदा एक जनाको मृत्यु, घाइतेको अस्पतालमा उपचार हुँदै

काठमाडौं, १७ भदौ । छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। यस्तै ९ जना घाइते भएका छन्। आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

यसैगरी बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमासमेत क्षति पुगेको छ।
जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीको शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको छ।

स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडी सवार एक जना गम्भीर घाइते भएको सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताए। 

बोलेरोमा सवार ५ जना विद्युत्‌का कर्मचारी रहेको प्रहरीले जनाएको छ। उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ। अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। बिहान केही समय अवरुद्ध सडक अहिले सुचारु भइसकेको छ।
 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom