10 Ashwin, 2080 / 27 September , 2023
काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमण भएपछि उनलाई गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार बिहान निधन भएको हो ।
कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए ।