11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम 




देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम 

काठमाडौं, २८ भदौ । नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानूनी दायरामा नल्याएमा देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ । चिकित्सक संघले आज बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र प्रशान्त बिडारीमाथि भएको कुटपिटको निन्दा गरेको छ ।

संघले माग पूरा नभएमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ । बिरामीको उपचारमा लापरवाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट गरेको संघको आरोप छ ।

अस्पतालमा कार्यरत डा. थापा र बिडारीमाथि बुधबार बिहान कुटपिट भएको हो । कुटपिटमा संलग्न मृतककी पत्नी रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको छ ।

झण्डै १ महिनाअघि डेंगी भई सञ्चो अस्पतालमा आएका हेटौंडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको निधन भएपछि आफन्त आक्रोशित भएका थिए ।
 


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom