16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा एकजनाको मृत्यु




सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा एकजनाको मृत्यु


काठमाडौं, २० पुस । नेपाली कांग्रेससहित विभिन्न दलले सर्लाहीको बरहथवामा गरेकाे प्रदर्शनका क्रममा एकजनाको मृत्यु भएको छ। बरहथवा-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएकाे प्रदर्शनमा प्रहरीले धरपकड गरेकाे थयाे।

त्यस क्रममा झडप हुँदा एकजनाकाे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएकाे छ। प्रहरीले चलाएकाे गाेली लागेर वा अन्य कारणले मृत्यु भएकाे भन्ने खुल्न बाँकी छ।

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेका थिए। त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो।
 



Related News


यसमा तपाइको मत


Comments