16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रदर्शन आक्रामक बनेपछि बरहथवामा कर्फ्यू, मृतकको शव आन्दोलनकारीको नियन्त्रणमा




प्रदर्शन आक्रामक बनेपछि बरहथवामा कर्फ्यू, मृतकको शव आन्दोलनकारीको नियन्त्रणमा

काठमाडौं, २० पुस । सर्लाहीको बरहथवा घटनामा प्रदर्शनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रदर्शनकारीको मृत्युपछि प्रदर्शन झन् आक्रामक भएको थियो । थप घटना हुन नदिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

प्रदर्शनका क्रममा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका हुन् । बेलुका ५ः३० बजेदेखि भोलि बिहान ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

कर्फ्यू लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न नपाइने भएको हो ।

मृतकको शव प्रदर्शनकारीकै नियन्त्रणमा छ ।

सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशमातहत राख्न माग गर्दै प्रदर्शन भएको हो । पाँच राजनीतिक दलका नेता, कार्यकर्ताले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।
 



Related News


यसमा तपाइको मत


Comments