16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ




बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २१ माघ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलान्चोक बनेपा नगरपालिका-६ बस्ने घराना डेभलपर्स प्रालिका सञ्‍चालक ४५ वर्षीया मन्दिरा केसी (कार्की) लाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिराले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको जग्गाहरु धितो राखी प्राप्त गरेको कर्जा दुरुपयोग गरेको भन्ने बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काभ्रेपलाञ्चोक बनेपाबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 




यसमा तपाइको मत


Comments