16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

धरहरामा निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोश




धरहरामा निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोश

काठमाडौं, २२ माघ । धरहरामा निःशुल्क पार्किङ बन्द गर्न भन्दै सरकारी निकायबाट पत्र आएपछि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह आक्रोशित भएका छन्। केही दिनअघि मात्र सर्वसाधारणका लागि धरहरामा निःशुल्क पार्किङ सुविधा खुला गरिएपछि धरहरा निर्माण पूरा नभएको भन्दै मेयर शाहलाई सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट पार्किङ बन्द गराउन भनी पत्र आएको हो। 

यसप्रति आपत्ति जनाउँदै मेयर शाहले यस्तो पत्र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मालाई पठाउन भनेका हुन्। ‘सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ, पार्किङ बन्द गर्नु’, मेयर शाहले सोमबार बिहानै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्, ‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो ‘नबनेको भए म बीसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ।’


 



Related News


यसमा तपाइको मत


Comments