16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रहरी प्रधान कार्यालयद्वारा डिआइजी चन्दको राजीनामा फिर्ता




प्रहरी प्रधान कार्यालयद्वारा डिआइजी चन्दको राजीनामा फिर्ता

काठमाडौं, २२ माघ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दको राजीनामा फिर्ता गरिदिएको छ । डिआइजी चन्दले प्रहरी हेड क्वाटरमा बुझाएको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै फिर्ता गरेको उच्च अधिकारीले प्रशासनलाई जानकारी दिए । चन्दले व्यक्तिगत कारण जनाउँदै राजीनामा दिएका बताएका थिए ।
‘घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा पुगेको थियो । उनको राजीनामाबारे अनेकन अड्कल काटिँदै आएका छन् । पछिल्लो समय प्रहरी अध्यागमनका कर्मचारीको विवाददेखि कुटपिटसम्मै भएको घटना यति बेला चर्चामा छ ।
 




यसमा तपाइको मत


Comments