15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विमानस्थलमा २५ हजार अमेरिकी डलरसहित पक्राउ परे चिनियाँ नागरिक




विमानस्थलमा २५ हजार अमेरिकी डलरसहित पक्राउ परे चिनियाँ नागरिक

काठमाडौं, २२ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा लुकाएर लान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय क्यू विनक्यानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार राति उनको साथबाट एक सय दरको २५० थान अमेरिकी डलर बरामद भएको प्रहरीको भनाइ छ ।

चाइना साउर्दनको उडानमार्फत उनी काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका थिए । त्यसक्रममा मिवानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थानको ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा उनको ब्यागभित्र अवैध डलर फेला परेको थियो ।
 




यसमा तपाइको मत


Comments