16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठसहित)




यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठसहित)

काठमाडौं, २३ माघ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मशान्तसम्मको तथ्याङ्कमा आधारित तथ्यांक सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेकोछ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१८१६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको छ ।

नेपाल सरकारको खर्च रु.५६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु.४९६ अर्ब ५० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ ।




यसमा तपाइको मत


Comments