16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

६ महिनामा आयो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स




६ महिनामा आयो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्षको ६ महिना अर्थात साउनदेखि पुससम्ममा ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पुस महिनामा मात्रै १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएकोे छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।
 




यसमा तपाइको मत


Comments