16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गर्ने मिनाक्षी खाद्य उद्योग सिल




म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गर्ने मिनाक्षी खाद्य उद्योग सिल

काठमाडौं, २३ माघ । काठमाडौं, विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरिएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले स्थानिय जन प्रतिनिधिको रोहबरमा उक्त उद्योग सोमबार सिल गरेको हो । उद्योगमा Expire Date मेटिने स्प्रिट, Date रिलेभलिङ गर्ने मेसिन, Farm city Brand को Cornflakes, Chocos, Oats, Museli हरूमा गलत Expiry Date राखिएको र Badshah Brand को Date Expired भएका र नभएका विभिन्न मसालाहरू एकै ठाउँमा राखिएको अनुसन्धानको क्रममा पाइएको थियो । 

साथै मिनाक्षि खाद्य उद्योगका संचालकलाई बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागमा आवश्यक कागजात सहित ३ दिनभित्र उपस्थित हुन बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको छ ।



Related News


यसमा तपाइको मत


Comments