16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फेल भएकालाई पास बनाउँदै लाइसेन्स वितरण गरेको अभियोग लागेका १९ जनाले पाए सफाइ




फेल भएकालाई पास बनाउँदै लाइसेन्स वितरण गरेको अभियोग लागेका १९ जनाले पाए सफाइ

काठमाडौं, २५ माघ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नतिजा फेरबदल गरेको आरोपमा मुद्दा चलाइएका १९ जनाले सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको बुधबारको इजलासले १९ जनालाई सफाइ दिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ चैत २६ गते यातायात व्यवस्था कार्यालय भेरी, नेपालगञ्जका तत्कालीन प्रमुख पवन सुवेदीसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

गैरकानुनी रुपमा सवारी चालक अनुमतिपत्र बिक्री गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा प्रतिवादी बनाइएका सबैले सफाइ पाएका हुन्। सुवेदीसँगै तत्कालीन शाखा अधिकृतद्वय सीताराम खनाल र डेकराज पोखरेलविरुद्ध मुद्दा दायर भएको थियो। 

कर्मचारी शाखा अधिकृत ध्रुवराज देवकोटा, नायव सुब्बा ललितबहादुर वली, नायव सुब्बा केशवराज डाँगी, नायव सुब्बा हुतराज पौडेल, नायव सुब्बा सतानन्द उपाध्याय (न्यौपाने), नायव सुब्बा अरुण कुमार गौतम, नायव सुब्बा धर्मदत्त चौलागाई, नायव सुब्बा डिलाराम खरेल, नायव सुब्बा ओमबहादुर बस्नेत, नायव सुब्बा गणेशमान आचार्य, नायव सुब्बा सावित्री पौडेल, खरिदार चन्द्रमणि नेपाली, खरिदार केशरकुमार चपाई, हलुका सवारी चालक ध्रुवराज अर्याल, असई प्रकाश पुन र प्रहरी जवान ओम प्रसाद देवकोटाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। 
 



Related News


यसमा तपाइको मत


Comments