16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इन्फिनिटी लघुवित्तद्वारा AML/CFT & Quality Growth Training देशभरका सातै प्रदेशमा भव्यताको साथ सम्पन्न 




इन्फिनिटी लघुवित्तद्वारा AML/CFT & Quality Growth Training देशभरका सातै प्रदेशमा भव्यताको साथ सम्पन्न 

काठमाडौं , २८ माघ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नं. १ देखि प्रदेश नं. ७ सम्मका ४३ वटा जिल्लका ९५ ओटै शाखा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई AML/CFT & Quality Growth  तालिम सञ्चालन गरेको छ ।

सम्पूर्ण प्रदेशमा कार्यक्रम वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धी विषय तथा Quality Growth का विषयमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो । लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने पन्तले बताए ।

कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उत्कृष्ट उपाय, प्रभावकारी कर्जा असुलिका विशेष रणनिती, उच्च मनोवलका साथ कर्मचारीले कार्यसम्पादन गर्ने रणनिती र प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय कार्यक्रम बृद्धिका उपायहरुको विषयमा वित्तीय संस्थाका कर्जा असुलि एवं अनुगमन तथा सुपरीवेक्षण विभागका विभागीय प्रमुख नयन देवकोटाले सहभागीहरुलाई प्रशिक्षित गरेका थिए । 

मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्य तथा कर्मचारीहरुलाई वित्तीय संस्थाले प्रदान गरिने सेवा सुविधा तथा मानव संसाधन विभाग संग सम्वन्धित विषयमा सहजिकरण गरेका थिए । 

कार्यक्रम विभिन्न मितिमा विभिन्न जिल्लाहरु जस्तै बाराको सिमरा, महोत्तरीको बर्दिवास, सुनसरीको ईटहरी, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, कैलालीको अत्तरीया र बाँकेको कोहलपुर गरि नेपाल अधिराज्यभर विभिन्न सात स्थानमा भब्यताको साथ कार्यक्रम सम्पन्न भएको विभागीय प्रमुख नयन देवकोटाले बताए । 
 

 


 




यसमा तपाइको मत


Comments