20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गृहका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन




गृहका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन

काठमाडौं, ४ फागुन । गृह मन्त्रालयले आफू मातहतका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ । गृहले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा शुक्रवार पाँच सदस्यीय समायोजन समिति गठन गरेको हो । समितिको सह–संयोजकको जिम्मेवारीमा मन्त्रालयकै सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थानेश्वर गौतम रहेको गृहले विज्ञप्तिमार्फत जनाएको छ ।
समितिका सदस्यमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी), मन्त्रालयका उपसचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका प्रमुखसमेत रहेका उपसचिव रामबहादुर शाही सदस्य सचिव रहेका छन् । संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन समिति गठन गरिएको गृहले जनाएको छ ।

‘नेपालको संविधान तथा प्रहरी समायोजन ऐन, २०७६ बमोजिम हाल नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन नेपाल सरकार, गृह मन्त्रालयले निरन्तर रुपमा कार्य गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’


 



Related News


यसमा तपाइको मत


Comments