17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एमालेले उठाएका महत्त्वपूर्ण सुझाव आगामी बजेटमा समावेश गर्छौंः प्रधानमन्त्री




एमालेले उठाएका महत्त्वपूर्ण सुझाव आगामी बजेटमा समावेश गर्छौंः प्रधानमन्त्री

काठमाडौं, ६ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले मध्य पहाडी राजमार्ग संकल्पयात्रामार्फत प्रधानमन्त्रीलाई बुझाएका महत्त्वपूर्ण सुझाव कार्यान्वयनका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताएका छन् ।

आइतबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले आफ्नो पार्टीले बुझाएका सुझाव कार्यान्वयनको अवस्था के भइरहेको छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङ मध्य पहाडी राजमार्ग म आफैले रेखाङ्कन गरेको हो । त्यसैले यसमा म पनि कहीँ न कहीँ जोडिएको छु’, प्रधानमन्त्रीले त्यस क्षेत्रको विकासमा निर्माणमा  आफ्नो समेत चासो रहेको बताए ।

उनले त्यस क्षेत्रमा १० वटा नयाँ शहरसहित दुई वटा शहर निर्माणको क्रम जारी गरेको भन्दै प्रतिवेदनमा उठाएका महत्त्वपूर्ण विषय कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल र निर्देशन दिइसकेको समेत जानकारी गराए ।
 




यसमा तपाइको मत


Comments