16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कांग्रेस महासमितिको बैठकः यस्ता छन् ११ बुँदे निष्कर्ष 




कांग्रेस महासमितिको बैठकः यस्ता छन् ११ बुँदे निष्कर्ष 

काठमाडौं, १० फागुन । १ बुँदे निष्कर्ष निकाल्दै नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठक बिहीबार सकिएको हाे।

बैठकले उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। 

यस्तो छ महासमिति बैठकको निष्कर्ष:

१. नेपाली राजनीतिको महत्त्वपूर्ण ऐतिहासिक दिन फागुन ७ अर्थात प्रजातन्त्र दिवसको अवसर पारेर २०८० फागुन ७ गते ललितपुरको गोदावरीमा पार्टी सभापति श्री शेरबहादुर देउवाले समुद्घाटन गरी १० गते सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठक।

२. नेपालको राष्ट्रिय स्वाधीनता र नागरिक स्वतन्त्रताका लागि पटक–पटकका क्रान्ति, संघर्ष र आन्दोलनमा सहादत प्राप्त गर्ने वीर शहिदहरुप्रति हार्दिक श्रद्धा सुमन अर्पण एवं सम्पूर्ण अग्रज नेताहरु तथा देश, लोकतन्त्र र कांग्रेसकालागि जीवन अर्पित गर्ने सबै पार्टी सदस्य प्रति उच्च सम्मान प्रकट गर्दछ।

३. नेपाली जनताले गरेको पटक पटकको क्रान्ति, संर्घष र आन्दोलनबाट प्राप्त उपलब्धि एवं हरूको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ट गरेका विषयलाई आत्मसाथ गर्दछ

४. नेपालको संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने प्रण गर्दछ। 

५. शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालिन न्यायका विषय चाँडै टुङ्ग्याउने प्रतिबद्धता जाहेर गर्दछ। 

६. नेपाली कांग्रेसको महत्त्वपूर्ण उपस्थिति सहित निर्माण भएको गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकार मार्फत भ्रष्ट्राचार, बेथिति र विसङ्गतिका विरुद्ध वैधानिकरुपमै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रूपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दछ 

७. मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसा विरुद्ध कार्यक्रमिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता गर्दछ। 

८. तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्याहरूलाई समाधानका लागि नेतृत्वदायी भूमिका प्रति सचेत रहन्छ। 

९. किसान, सहकारी बचतकर्ता, मिटर ब्याज र लघुवित्त पीडितहरूले भोग्दै आएका पिडालाई अविलम्ब समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गंभिर ध्यानाकर्षण गराइन्छ। 

१०. महासमितिको वैठकमा उपसभापति पूर्ण बहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गर्नु भएका सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक प्रस्ताव नेपाली कांग्रेसको नीति, सांगठानिक कार्य योजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्किोण निर्माण गरेको छ। बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन्।  प्राप्त सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जन सहित अन्तिम रूप दिने गरी तीन वटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ। साथै नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा। प्रकाशसरण महतले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझाव सहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्याम प्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखा परीक्षण प्रतिवेदन बैठकले अनुमोदन गरेको छ।

११. राजनीतिक स्थायित्व, रुपान्तरण नवीनता। स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता, उद्घोषका साथ प्रारम्भ भई उत्साहकासाथ सम्पन्न यो बैठकबाट हासिल नवीन उर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र विस्तारमा जुट्दै  नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिबद्धताका साथ यो ऐतिहासिक महासमितिको बैठक सम्पन्न भएको छ।

यो ऐतिहासिक महासमितिको बैठकका सहभागी केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापतिहरू, महासमिति सदस्यहरू, बैठक सफल पार्न विभिन्न उपसमितिमा रही अहोरात्र कार्य गर्नुहुने साथीहरू, भातृ तथा शुभेच्छुक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, सुरक्षाकर्मीहरू, यातायात व्यवसायीहरू, नेपाली कांग्रेस ललितपुरका सभापति सहित विभिन्न तहमा रही काममा संलग्न स्थानीय साथीहरू, जनप्रतिनिधिहरू र विशेष भूमिकामा रही अभिछिन्न समाचार संकलन तथा संप्रेषणमा योगदान गर्नुहुने सम्पूर्ण सञ्चार माध्यम तथा सञ्चारकर्मी साथीहरूमा नेपाली कांग्रेस केन्द्रीय कार्य समिति तथा प्रचार प्रसार उपसमितिको तर्फबाट हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछ।  
 




यसमा तपाइको मत


Comments