15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मधेशवादी दल लोसपा फुट्यो, महतोले घोषणा गरे राष्ट्रिय मुक्ति आन्दोलन




मधेशवादी दल लोसपा फुट्यो, महतोले घोषणा गरे राष्ट्रिय मुक्ति आन्दोलन


काठमाडौं, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् ।

महतोले राष्ट्रिय मुक्ति आन्दोलनको घोषणासमेत गरेका छन्। ‘मैले यो अभियानमा आउन मेरो पूर्व पार्टीलाई पनि आह्वान गरेको छु,’ उनले भने । महतोले संविधान जारी भएपछि ६ महिना मधेसी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको बताए । त्यसैले देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलनको जरूरी भएको र त्यसका लागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरेको उनको भनाइ छ।

‘संविधान निर्माणको क्रममा भएको ऐतिहासिक मधेस-थरूहट आन्दोलनलाई पहाड विरोधी, जातिय, साम्प्रदायिक, भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कुप्रचार गरी यसै बहानामा दुस्मन देशका दुस्मन नागरिक सरह बर्बरतापूर्ण दमन गर्दा पनि ६ महिनासम्म जनताले प्रतिरोध गरिरहे, बलिदान दिइरहे,’ उनले भने, ‘तर दुःखद कुरा मधेस-थरूहटका जनताको हार भयो, आन्दोलन तुहिन गयो ।’ महतोले केही समयदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसँग फरक मत राख्दै आएका थिए ।
 




यसमा तपाइको मत


Comments