16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छः प्रधानमन्त्री




विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छः प्रधानमन्त्री

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका छन्।

बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले भने ‘नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन सकेको छैन। मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो होइन।’

प्रधानमन्त्री दाहालले यो स्थिति जटिल परिस्थितिको संकेत भएको बताए। राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा पनि एकले अर्कालाई प्रभाव पार्ने गरी नकारात्मक असर गरिरहेको चित्र देखिएको उनको भनाइ थियो।

‘प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गर्‍यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्छ’ उनले भने ‘अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती छ।’

प्रधानमन्त्री दाहालले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताए। उनले कामकाजलाई नयाँ गति दिन गरिएको संकल्प पनि दुई महिना नबित्दै शिथिल भएको उल्लेख गरे।
 




यसमा तपाइको मत


Comments