17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फागुनभित्रै विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी




फागुनभित्रै विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं, २६ फागुन । नयाँ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले फागुन महिनाभित्रै विश्वासको मत लिने तयारी थालेका छन् ।

शनिबार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा उनले विश्वासको मत लिनेबारे जानकारी दिए । फागुन ३० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनसक्ने स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसलाई छाडेर प्रचण्ड नेकपा एमालेसँग नजिकिएपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेका थिए ।

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् भने जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने तयारीमा छ ।




यसमा तपाइको मत


Comments