15 Baishak, 2081 / 27 April , 2024
काठमाडौं, २८ फागुन । दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो । प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर सोमबार उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति उनलाई अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्टले जानकारी दिए ।