17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुख बर्खास्त, नयाँ सिफारिस




गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुख बर्खास्त, नयाँ सिफारिस

काठमाडौं, २८ फागुन । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि रहेका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्दै नयाँ सिफारिस गरेको हो।

अघिल्लो सत्ता गठबन्धका बेला कांग्रेसबाट प्रदेश प्रमुख बनेका गण्डकीका पृथ्वीमानसिंह गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशीलाई बर्खास्त गर्दै मन्त्रिपरिषद्ले नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो।

मन्त्रिपरिषद्ले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा  डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई सिफारिस गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।  

यस्तै, बैठकले मन्त्रिपरिषद्का समितिहरू गठन गरी समितिको समन्वय गर्न संयोजक तोकेको छ। राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसङ्ख्यामन्त्रीलाई तोकिएको छ।

 




यसमा तपाइको मत


Comments