17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गृहमन्त्रीले बुझे सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन




गृहमन्त्रीले बुझे सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौं,१ चैत । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले करिब ५ महिनाको छानबिनपछि आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।

विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो।

उक्त आयोगले ९ भन्सार नाकाको स्थलगत अनुगमन गरेको थियो भने  ६८ व्यक्तिसँगको बयान लिएको थियो।  ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार भएको गृह मन्त्रालयले जनाएको छ।  

‘मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सिडिआर/डिएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समावेश छ’, प्रतिवेदन हस्तान्तरणका क्रममा भनिएको छ।

प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले  प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने बताए। दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने पनि बताए।




यसमा तपाइको मत


Comments