17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सत्तारूढ दलहरूको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक




सत्तारूढ दलहरूको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक

काठमाडौं, ६ चैत । सत्तारूढ ५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक भएको छ। न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तय गर्न बनेको कार्यदलका संयाेजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर त्यसलाई सार्वजनिक गरिरहेका छन्। 

न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तय गर्न पाैडेलकाे संयाेजकत्वमा १० सदस्यीय कार्यदल बनाइएकाे थियाे। उक्त कार्यदलले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित ५ राजनीतिक दल शीर्ष नेताहरूलाई साझा संकल्पको मस्यौदा बुझाएकाे थियो । मस्यौदालाई अन्तिम रूप दिएर संकल्प प्रस्ताव सार्वजनिक गरिएको हाे।

संकल्प प्रस्तावमा राजनीतिक स्थायित्व, विकास र सामाजिक न्याससहित आर्थिक समृद्धिमा जोड दिइएको छ।फागुन २१ गतेबाट औपचारिक रूपमा पाँच दलीय गठबन्धन बनेपछि न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प अगाडि सारिएकाे हाे ।
 




यसमा तपाइको मत


Comments