15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

संवैधानिक परिषद्को बैठक सोमबार बस्ने 




संवैधानिक परिषद्को बैठक सोमबार बस्ने 

काठमाडौं, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले सोमबार बस्ने गरी बैठक बोलाएका हुन् । नयाँ सत्ता समीकरण बनेपछि प्रचण्डले बोलाएको बैठकमा संवैधानिक पदमा रिक्त रहेका पदहरूमा पदपूर्ति हुने सम्भावना छ । त्यसमा पनि महालेखापरीक्षकको नियुक्तिको विषयमा छलफल हुनेछ ।

संवैधानिक परिषद्ले नियुक्त गर्ने संवैधानिक पदहरूमा पदाधिकारीहरू रिक्त छन् । गत १८ साउनको बैठकले महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरूको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

७ जेठ २०८० मा महालेखापरीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन छ । राजनीतिक दलहरूबीच संवैधानिक नियुक्तिमा सहमति नजुटेका कारण महालेखापरीक्षक नियुक्ति हुन नसकेको हो ।




यसमा तपाइको मत


Comments