15 Baishak, 2081 / 27 April , 2024
काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छन्। नेपालगन्ज विमानस्थलमा आज स्वागतका लागि पुगेका अगुवा नेता कार्यकर्तालाई सभापति देउवाले काग्रेसले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने बताए। उनले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने स्पष्ट पारे।
उनले पार्टी सङ्गठन मजबुत बनाउन गाउँ-गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए। सभापति देउवाले सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्न निर्देशन दिए। उनले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनअपेक्षा अनुरुप काम गर्न आग्रह गर्दै सुशासन र समृद्धि हासिल गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए।
सभापति देउवा नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको दाङ अमिलिया चोकस्थित पूर्ण कदको शालिक अनावरणका लागि नेपालगन्ज पुगेका हुन्।