16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सर्वोच्चको कामकारबाही मोबाइल एपमा




सर्वोच्चको कामकारबाही मोबाइल एपमा

श्रावण २६, २०७४- सर्वोच्च अदालतले मुद्दा मामिला र अन्य प्रक्रियागत कामकारबाहीलाई मोबाइल फोन मार्फत सहजै हेर्न मिल्ने बनाएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा एप सञ्चालनको सुरुवात गरे । 

सर्वोच्च अदालतको कामकारबाहीलाई चुस्तदुरुस्त र सूचनाप्रविधिमैत्री बनाउन लागेको उल्लेख गर्दै प्रधानन्यायाधीश पराजुलीले यसबाट न्यायसम्पादन समेत छिटो छरितो हुने दाबी गरे । ‘सूचना प्रविधिको जमानामा धेरै मानिसहरुले स्मार्टफोन प्रयोग गर्ने भएकाले यसबाट मुद्दाका पक्षधरहरुले आफ्नो सूचना लिन सहज हुनेछ,’ उनले भने, ‘अरु सरोकारवालाहरुका लागि समेत सहज सूचना प्रभाव होला भन्ने आशा छ ।’

सर्वोच्च अदालतको आइटी समितीका संयोजक तथा न्यायाधीश अनिल सिन्हाले मोबाइल एप प्रयोगमा आएपछि बेवसाइट हेरेर गर्न मिल्ने कामहरु सहजै एपबाट थाह पाउन सकिने बताए । उनका अनुसार, दैनिकदेखि साप्ताहिक मुद्दाको पेशी र मुद्दा स्थगित भएको विवरण एपबाटै थाह पाउन सकिनेछ । 

‘सुप्रिम कोर्ट अफ नेपाल’ नामक एपमा महत्वपूर्ण आदेश तथा फैसला, मुद्दाको प्रक्रियागत विवरण, विभिन्न तहका अदालतमा पेश गर्नुपर्ने निवेदनका ढाँचाका नमूना राखिएका छन् । त्यसैगरी बैतनिक वकिलहरुको नाम सम्पर्क नम्बर समेत राखिएको सर्वोच्चका आइटी निर्देशक कृष्ण पौडेलले बताए ।  

 तहका अदालतमा पेश गर्नुपर्ने निवेदनका ढाँचाका नमूना राखिएका छन् । त्यसैगरी बैतनिक वकिलहरुको नाम सम्पर्क नम्बर समेत राखिएको सर्वोच्चका आईटी निर्देशक पौडेलले बताए ।  


 



Related News


यसमा तपाइको मत


Comments