17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दृष्टिबिहीनलाई नेपाली भाषामा छापिएकाे सामग्री पढेर सुनाउँने सफ्टवेयर सार्वजनिक




दृष्टिबिहीनलाई नेपाली भाषामा छापिएकाे सामग्री पढेर सुनाउँने सफ्टवेयर सार्वजनिक

भाद्र ५, २०७४- अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् । 

दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययनसमेत गर्न सक्ने सफ्टवेयर अप्टिकल रिकग्निसन सफ्टवेयर (ओसिआर) प्रयोगमा आएपछि नेपालमा पहिलोपटक दृष्टिविहीनले सार्वजनिक सूचनामा पहुँचसमेत पाएका हुन् । 

विश्व नेत्रहीन युनियनका अनुसार नेपालजस्ता विकाशोन्मुख देशमा जम्मा एक प्रतिशत छापाका सामग्रीमा मात्र दृष्टिविहीनको पहुँच छ । नेपाल नेत्रहीन सङ्घद्वारा आज आयोजित कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले सो सफ्टवेयर सार्वजनिक गरे । सोही दूतावासको रु २४ लाखको आर्थिक सहयोगमा दृष्टिविहीनका लागि काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा डा बालकृष्ण वल र निराजन पन्तले सो सफ्टवेयर विकास गरेका हुन् । 

सो सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर तुरुन्त वर्ड फाइलमा रूपान्तरण गरी यसअघि नै विकसित भएको टेक्स टु स्पिच (टिटिएस)को सहायताले ती स्क्यानिङ टेक्सलाई सुन्न सक्ने बनाउँछ । साथै सुनेका टेक्सलाई ब्रेल लिपिमा प्रिन्टसमेत गर्न सकिने छ । 

यस सफ्टवेयरले दृष्टिविहीनको शिक्षाका लागि नयाँ अध्यायको शुरुवातसमेत भएको छ । नेपाली देवनागरिक भाषाका छापिएका पत्रपत्रिका, पुस्तक, चिठीपत्र तथा अन्य पाठ्यसामग्रीमा सहज पहुँचसमेत भएको छ । 

सार्वजनिक कार्यक्रममा सङ्घका अध्यक्ष रमेश पोखरेलले भने, “दृष्टिविहीनले पनि संविधान, सार्वजनिक सूचना तथा छापाका सामग्री सुन्न र छामेर अध्ययन गर्न पाउने भए, योभन्दा खुशी अरु के होला ।” 

पछिल्लो जनगणनाअनुसार नेपालमा दृष्टिविहीनको संख्या ९५ हजार रहेको छ । तीमध्ये निजामती सेवामा तीनजना अधिकृत, ११ नायब सुब्बा, एक खरिदार कार्यरत छन् भने निजी, राष्ट्रिय तथा गैरसरकारी संस्थामा ९५ जनामात्र कार्यरत छन् । यसैगरी ४०० दृष्टिविहीन शिक्षक कार्यरत रहेको सङ्घले जनाएको छ । 

राजदूत बडले सीमान्तकृत वर्ग तथा अपांगलाई सार्वजनिक सूचनाको पहुँचमा ल्याउँदै उनीहरुको आर्थिक तथा सामाजिक जीवनलाई माथि उठाउन सफ्टवेयर निर्माणमा सहयोग गरेको जानकारी दिँदै दृष्टिविहीनका लागि यो कोशेढुंगासावित हुने विश्वास व्यक्त गरे ।

सङ्घका कार्यकारी निर्देशक नरबहादुर लिम्बूले दृष्टिविहीनका चौतर्फी वृत्ति विकासमा सफ्टवेयर महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै यसले नयाँ युगमा प्रवेश गरेको धारणा व्यक्त गरे ।

सफ्टवेयर निर्माण कार्यदलका प्रमुख प्रा डा बलले यसका बारेमा जानकारी दिँदै देवनागरिक लिपि रहेका सामग्रीलाई सुन्न तथा ब्रेल लिपिमा अध्ययन गर्न यसले ढोका खुला गरेको छ भने । 



Related News


यसमा तपाइको मत


Comments