16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सूचना प्रविधि बोलेरै नेपाली टाइप




सूचना प्रविधि बोलेरै नेपाली टाइप

भाद्र २, २०७४- मानिसले आवाजमार्फत दिएको निर्देशनबाट मोबाइलमा विभिन्न किसिमको काम गर्न सक्ने प्रविधि हामीलाई थाहै छ । भ्वाइस रिकग्निसन भनिने यस्तो प्रविधि धेरै अघि बढिसकेको छ । अंग्रेजी नजान्ने वा राम्रो उच्चारण गर्न नसक्ने नेपालीको लागि यो प्रविधि त्यति उपयोगी थिएन । अब भने नेपाली भाषामै पनि बोलेर टाइप गर्न सकिने भएको छ । 

गुगलले अघिल्लो वर्ष सार्वजनिक गरेको आफ्नो भर्चुअल किबोर्ड (जसलाई गुगल किबोर्ड वा जीबोर्ड भनेर चिनिन्छ) मा बोलेर टाइप गर्न सकिने गरी नेपाली भाषा समावेश गरेको छ । यसको अर्थ हो टाइप गर्नुको सट्टा अब बोलेरै म्यासेज पठाउने, विभिन्न एपबाट च्याट गर्ने, स्टाटस लेख्न सकिन्छ । गुगलले यसै साता नेपाली सहित ३० भाषालाई जीबोर्डमा समावेश गरेको हो । 

गुगलले यसै साता आफ्नो ब्लगमार्फत यसको जानकारी दिएको थियो । गुगलले ब्लगमा जनाएअनुसार स्थानीय भाषाविद्हरुसँगको सल्लाहमा यसलाई तयार पारिएको हो । गुगलका अनुसार अहिले जीबोर्डमा समावेश गरिएका यी भाषालाई विस्तारै गुगल ट्रान्सलेटसहितका अन्य प्रडक्टहरुमा पनि समावेश गरिनेछ । 

यसको अर्थ हो सायद केही पछि नेपाली भाषाका आवाजलाई अन्य भाषा अनुवादन पनि गर्न सकिनेछ । नेपाली भाषा गुगल ट्रान्सलेटमा पहिल्यै जोडिइसकेको छ । अहिले नेपाली अक्षरलाई अंग्रेजीसहित अन्य विभिन्न भाषामा र अन्य विभिन्न भाषाका अक्षरलाई नेपाली भाषामा ट्रान्सलेटमार्फत अनुवाद गर्न सकिन्छ । 

जीबोर्डमा आवाजमार्फत नेपाली टाइप गर्न सकिने भए पनि यो धेरै शुद्ध भने छैन् । तर, प्रयोगकर्ताले जति धेरै यसको प्रयोग गर्छन् यो त्यति सुधारिदै जानेछ । आवाजमार्फत टाइप गराउनु सजिलो त छ नै यसले टाइप गर्न नसक्नेहरुलाई समेत राहत दिन्छ । भ्वाइस डिक्टेटमार्फत टाइप गराउनु हातले टाइप गर्नुभन्दा तीन गुणा छिटो हुने गुगलले जनाएको छ ।

कसरी गर्ने प्रयोग

  • एन्ड्रोइड प्ले स्टोरमा गएर गुगल किबोर्ड डाउनलोड गर्नुहोस् । 

  • डाउनलोड भएलगत्तै सेटिङ अप्सन आउँछ जसमा नेपाली भाषा छान्नुहोस् । र, जीबोर्डलाई डिफल्ट किबोर्ड बनाउनुहोस् ।

  • अब तपाईंको किबोर्डको माथिल्लो भागमा दायाँपट्टी स्पिकर चिन्ह देख्नुहुनेछ । जसमा चिथेर तपाईंले आवाजमार्फत दिएको निर्देशनअनुसार टाइप गर्न सक्नुहुनेछ ।



http://kantipur.ekantipur.com/news/2017-08-18/20170818115048.html



Related News


यसमा तपाइको मत


Comments