16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मोबाइलमा गज्जबको प्रविधि भित्रँदै




मोबाइलमा गज्जबको प्रविधि भित्रँदै

विज्ञानको भाद्र २, २०७४- यो युगमा नयाँ–नयाँ अविष्कारहरु निरन्तर जारी छ । यसैक्रममा मानिसका चाहना पूर्ति गर्ने फरक–फरक र लोभलाग्दा डिभाइसहरु बजारमा भित्रिरहेका छन् । त्यस्ता उपकरणहरुको प्रयोग गर्ने मानिसको भोक भेटाउन प्राविधिकहरु पनि जोडतोडले लागेकै छन् । 

खासगरि मोबाइलको संसारमा केही कम्पनीहरुले आफ्ना उत्पादनहरुमा अन्त्यन्तै नौला डिभाईसहरु उपभोक्ता समक्ष पस्केर नम्बर वन वा पहिलो बन्ने होडबाजीमा छन् । मोबाइल उत्पादक कम्पनीहरुले भर्खरै ल्याएका वा ल्याउने तयारीमा रहेका लेटेस्ट डिभाइसको यहाँ चर्चा गरिएका छन् । 
सुन्दा नै तपाईलाई अपत्यारिलो लाग्न सक्छ । ‘बिना लेन्सकै क्यामेरा’ । हो, यस्तै खाले क्यामेरा बजारमा उतार्ने तयारी भइरहको छ । यसको परिक्षण समेत भइसकेको छ । क्यामेराको क्षमता सीमित भएकाले त्यस्तलाई ब्रोड(व्यापक) बनाउन यस्तो परिक्षण गरिएको हो । क्यामेराको बनावटकै कारण यो सीमित छ । यसमा इमेज सेन्सर, सटर, लेन्स, अपाचरलगायतका डिभाइस रहेका हुन्छन् । 

अमेरिकास्थित क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलजी ‘क्यालटेक’ का इन्जिनियरहरुले एउटा यस्तो क्यामेराको अविस्कार गरेका छन, जुन अत्यन्तै पातलो अर्थात अन्यन्तै न्युन माइक्रोन आकारको रहेको छ । यो आकार भनेको मानिसको एउटा कपालको जत्रै (सय माइक्रोन बराबर) हुन्छ । 

यो अत्यन्तै पातलो भएकाले यसलाई कुनैपनि वस्तुमाथि सजिलै लेप गर्न सकिन्छ । कल्पना गर्नुस कि तपाईको स्मार्टफोनको पुरै पछाडि एउटा त्यस्तै आकारको क्यामेरा हुनेछ । यो कपडाको एक टुक्रा, सिसाका टुक्रा या डिस्प्लेमा इम्बेडेड वा आईग्लास पनि हुन सक्छ । यसमा रेज्योल्युसन र सेन्सको आकारको कुनै सैद्धान्तिक सीमा छैन । जूम, वाइड एंगल्स, फिस आईलगायतका बीचमा यसलाई स्वीच गर्न सकिनेछ । 

यसैगरी आधुनिक प्रविधिहरुलाई उपायोग गर्दै ब्याट्रीको संसारमा अगामी दिनहरुमा एउटा चमत्कारिक अविष्कार बजारमा आउँदैछ । त्यो हो, सोलिड स्टेट लिथियम आयोनसहिको ग्राफिन ब्याट्री । बेलायतमा ३० वर्ष भन्दा बढी समययता ब्याट्रीहरुको आपूर्ति गर्दै आएको कम्पनीले यसको निर्माण थालेको हो । आधुनिक इलेक्ट्रोनिक्समा व्याट्री सबैका लागि एउटा टाउको दुखाईको विषय रहँदै आएको छ । टोयोटा सल्फाइड सुपरियोनिक कन्डक्टरको प्रयोग गरी उक्त नयाँ ब्याट्री बजारमा ल्याउने काम कम्पनीले गरिरहेको छ ।  

यदि यो ब्याट्री सुपर क्यापिसिटरका रुपमा काम गरेको अवस्थामा कम समयमा धेरै शक्ति जम्मा (इनर्जी स्टोर) गर्न सकिनेछ । स्पेनिस कम्पनी ग्रयाफिनेनोले त ग्राइफिन पोलिमर ब्याट्री विकासै गरिसकेको छ । यसमा एक हजार वाट आवर प्रति किलोग्रामको ऊर्जा घनत्व रहेको छ ।  सामान्यतया लिथियम ब्याट्रीमा दुई सय वाट प्रति किलोग्राम मात्रै हुन्छ । त्यसैले ग्राइफिन ब्याट्री लामो समयसम्म स्मार्टफोनको प्रयोगकर्ताका लागि एउटा बरदान नै सावित हुने दाबी कम्पनीको छ ।  

बजारमा फ्युल सेल्सको चर्चा पनि गरिन थालिएको छ । यसो त यो प्रविधिको व्यापारिक प्रयोग हुन सकेको छैन । तर माईएफसी नामक कम्पनीले विश्वकै सबैभन्दा सानो फयुल सेलको प्रयोग गरी हाइब्रिड पावर बैंक सार्वजनिक गरेको छ । 

यसलाई साधारण इलेक्ट्रिकल आउटलेटको प्रयोग गरी चार्ज गर्न सकिन्छ । यसमा तपाईले सजिलै हाईड्रोजन उत्पादन गर्नका लागि नून र पानीको प्रयोग गर्न सक्नु हुनेछ । चार हजार एमएएच यो चार्जरको तौल मात्र दुई सय ग्रामको रहेको छ । तर, यो तौल पनि केही गह्रौ जस्तो भएको गुनासो उपभोक्ताहरुबाट आएकाले प्राविधिकहरु तौल घटाउनमा समेत जुटेका छन् । फ्युल सेल प्रविधि स्मार्टफोन, ट्याबलेट , क्यामेरा र ल्यापटम जस्ता डिभाइसका लागि उपयोगी हुन सक्छ । 

यसैगरी प्राविधिकहरुले फोन चार्ज गर्ने स्क्रिन विकसित गरेका छन् । हाम्रा मोबाइलहरुमा ग्लास स्क्रिनको प्रयोग गरिएको हुन्छ , अझ हामी त्यसलाई स्क्र्याच हुनबाट जोगाउने अर्को प्लास्टिकको स्टिकर पनि टाँसि दिने गर्छौ । तर अब त्यसलाई फोन चार्ज गर्नका लागि प्रयोग गरिनेछ । 

क्विन्स युनिभर्सिटी बेलफास्ट, स्ट्यान्फोर्ड युनिभर्सिटी, युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कले, क्यालिफोर्निया स्टेट युनिभर्सिटी र दि नेसनल इन्स्टिच्युट फर म्याटेरियल्स साइन्स जापानका वैज्ञानिकहरुले गरेको अनुशन्धान अनुसार अब स्क्रिनलाई विभिन्न वस्तुबाट तयार गर्न सकिन्छ । 

ग्रयाफिन, हेक्सागोनल बोरोन नाइट्राइड(एच–बीएन) र ‘सी ६०’ जस्ता पदार्थहरुको प्रयोग गरी स्क्रिन्स बनाउन सकिन्छ । यी वस्तुहरु पारदर्शी, लचिलो र सुचालक हुन । ‘सी ६०’ को प्रयोग सोलर सेलमा पनि प्रयोग गरिन्छ । त्यसैले यो प्रविधिको प्रयोग स्क्रिनमा गर्दा फोन सेट लामो समयसम्म चार्ज भईरहनेछ ।  

प्राविधिकहरु ब्याट्री र सेलहरुमा मात्रै फड्को मारेको छैन । बजारमा आधुनिक स्पीकर्स भित्रयाउने तयारी पनि जोडतोडका साथ गरिरहेका छन् । अब बजारमा आउने भनेको स्पीकर्सको भौतिक आकारलाई परिवर्तन गर्न सकिनेको बनाइएदैछ । अमेरिकास्थित मिचिगन स्टेट विश्वविद्यालयका अनुसन्धानकर्मीहरुले यसमा काम गरेका छन । तिनीहरुले यसमा सफलता समेत हात पारिसकेका छन् । 

तिनीहरुले फेरोइलेक्टरेट न्यानोजेनेरेटर्स (एफईएनजी) प्रविधिमा काम गरेका हुन । कागजको पन्ना जस्तै पातलो वस्तु यो प्रविधिबाट तयार गरिएको छ । जुन प्रविधिको प्रयोगबाट स्पीकर र माइक्रोफोन बनाउन सकिने निस्कर्षमा तिनीहरुको छ । वैज्ञानिकहरुका अनुसार यो प्रविधिमा डिभाइसले हावामा रहेका तरंगहरुलाई पिकअप गर्न सक्छ । पछि त्यसलाई विद्युत शक्तिमा परिवर्नत गरेर ध्वनी शक्ति प्राप्त गर्न सकिनेछ । 

यो प्रविधिमा उपकरणले इलेक्ट्रिकल सिग्नल्सलाई तरंगका रुपमा पठाउने क्षमता राख्छ । जसलाई मानिसले ध्वनीका रुपमा सुन्न सक्ने छन । यसलाई पोर्टेबिलिटीका लागि सजिलै रोल या फोल्ड समेत गर्न सकिनेछ । 

‘एप्पल’ ले अन्डरस्क्रिन फिङ्गरप्रिन्ट स्क्यानर ल्याउने चर्चा बजारमा धेरै पहिलेदेखि थियो । तर, अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘क्वालकम्म’ ले चीनको संघाईमा आयोजित ‘मोबाइल वल्र्ड कंग्रेस २०१७’ मा यो प्रविधि भित्र्याउने घोषण नै गर्यो । यी दुई कम्पनीलाई उछिन्दै चिनिया फोन निर्माता ‘भिभो’ ले हालै यो प्रविधिमा आधारित फोन सेट नै सार्वजनिक गरिसकेको छ । यस प्रविधि अन्तर्गत अल्ट्रासोनिक वेभलेन्थ (तरंग लम्बाई) को प्रयोग गरी एक्युरेट डिटेक्सनका लागि ‘३ डी स्क्यान’ गर्न सकिन्छ । ओएलईडी प्यानल्सका साथ यो कम्पिटिबल छ । 

एक विशेष खालको मोटाई राखेर यसको निर्माण गरिएको छ । पानी मुनि समेत राम्ररी काम गर्ने गरी विकसित गरिएको छ । अर्थात् यो डिभाइस वाटरफ्रुफ छ । अल्ट्रासोनिक स्क्यानर प्रयोग गरिएकाले यसको सहयोगबाट मुटुको धडकनको दर र शरिरमा रगतको प्रवाहबारे समेत जानकारी प्राप्त गर्न सकिन्छ । 

‘भिभो’ ले एमडब्ल्युसी संघाईमा प्रोटोटाइफ प्रस्तुत गरेपनि व्यापारिक रुपमा छिट्टै बजारमा उतार्ने तयारी गरिरहेको छ । ‘क्वालकम्म’ अर्को वर्षको मध्यमा यो प्रविधिका साथ फोन सेट बजारमा ल्याउने जनाएको छ । यो प्रविधिको आगमनसंगै मोबाइल फोनको बजारमा तीब्र गतिमा परिवर्तन हुने अपेक्षा गरिएको छ । कम्पनीहरुले नयाँ–नयाँ फिचर्सका साथ यो प्रविधि ल्याउने होडबाजी गर्ने निश्चित छ ।  

यसैगरि,अधिकांश स्मार्टफोन निर्माण गर्ने कम्पनीहरुले आईएसओसेल इमेज सेन्सर ल्याउने तयारी समेत गरिरहेको छ । यो सेन्सर यसअघि कम्पनीहरुले प्रयोगमा ल्याउदै आएको सोनीको इमेज सेन्सरलाई विस्थापित गर्ने दाबी गरिएको छ । हालसम्म बजारमा यसको विकल्प सीमित थियो । 

सामसङ कम्पनी पहिलो पटक यसको विकल्पमा आईएसओसेल ब्रान्ड अन्तर्गत आफैले सीएमओएस इमेज सेन्सर बजारमा ल्याउन जुटेको छ । यसको सफलतापूर्वक परिक्षण समेत गरिसकिएको छ । परीक्षण सफल भएको यो डिभाइसमा चार वटा भेरिएन्टहरु ब्राइट, फास्ट, स्लिम र डयुल रहेका छन् । ब्राइट थोरै प्रकाशमा पनि फरक–फरक रंगका साथ राम्रो फोटोज डेलिभर गर्न सक्छ । 

'फास्ट'ले भने तीब्र गतिमा अटो फोकस र अब्जेक्ट ट्रयाकिङ गर्छ । ‘स्लिम’ले अल्ट्रा स्लिम डिभाइसहरुका लागि सेन्सरको काम गर्छ । आईएसओसेल ड्युल कम्पनीको ड्युल क्यामेरा सेटअफको अफरिङ हो । यसमा एक आरजीबि र त्यति नै मोनोक्रोम सेन्सर रहेको छ । 

यसका विशेषताहरुलाई सामसुङ ग्यालेक्सी नोट ८ मा प्रयोग गर्न सकिने कम्पनीले बताएपनि सामसङ ९ मा फुलप्लेजमा यसको उपयोग गर्न सकिने छ । यो डिभाईसमा इमेज क्वालिटीमा सुधार आउने र अगामी दिनमा इमेज सेन्सरसँग सम्बन्धित विभिन्न प्रयोगहरु बजारमा हुन दाबी गरिएको छ ।



 



Related News


यसमा तपाइको मत


Comments