21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


बंगालको खाडीमा जवाद सामुन्द्रिक चक्रवात, भोलिदेखि , नेपालमा  अर्को मौसमी प्रणाली

बंगालको खाडीमा जवाद सामुन्द्रिक चक्रवात, भोलिदेखि , नेपालमा अर्को मौसमी प्रणाली


काठमाडौं, १८ मंसिर । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्य पश्चिम भूभागमा शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको जनाएको छ। सो चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर र उत्तर पूर्वतर्फ सर्ने देखिएको महाशाखाले जनाएको छ।

सो चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। तर यसको अप्रत्यक्ष प्रभावले आज रातीबाट प्रदेश नं १, २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने विभागले शनिबार बिहान ७ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै जानकारी दिएको हो।

महाशाखाले प्रदेश नं १ र २ तथा बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र यी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको स्पष्ट पारेको छ।

आउँदो सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना देखिएको छ। सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र ती प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आइतबार राती र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक–दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको छ। सो प्रणाली सोमबार रातीबाट कमजोर बन्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।
 


देशभरकाे माैसम बदली(पूर्वानुमानसहित)

देशभरकाे माैसम बदली(पूर्वानुमानसहित)


काठमाडौं, १७ मंसिर । देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमति प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै देशको उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल  देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Westerly Trough) र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र (Low Pressure System) को प्रभाव रहेको छ।

 हाल मौसमको अवस्था (Present Weather Status)

सुदूर पश्चिमकर्णालीलुम्बिनी, गण्डकी तथा बागमति  प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर १७ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूर पश्चिम, कर्णालीगण्डकीलुम्बिनी  बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ। 

राती : कर्णाली गण्डकीलुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कर्णाली, गण्डकीलुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा  हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर १८ गते (शनिबार)

दिउँसो : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

 राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

 २०७८ मंसिर १९ गते (आईतबार)

दिउँसो : सुदूर पश्चिम र  कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र  कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

 राती : सुदूर पश्चिम र  कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र  कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

 आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श (Warning/Advisory for next 24 hours)

सुदूर पश्चिमकर्णालीगण्डकीलुम्बिनी  बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको र  देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहणहवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ ।तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ।


चोरीका मोटरसाईकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण 

चोरीका मोटरसाईकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण 


काठमाडौं,  १२ मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट, विभिन्न मितिमा हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो । महाशाखाले गत कार्तिक महिनामा पनि २३ वटै मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको थियो ।
महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काडाँघारी, कंलकी, भैसेपाटी, भिमसेनगोला, गंगालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मंगलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भुलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बिशेष सुचना संकलन तथा सुराकी मार्फत ती मोटरसाईकल वरामद गरेको एसएसपी जनक भट्टराईले जानकारी दिए ।  
सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाईन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ । यस आर्थिक वर्ष ०७८/७९ मा हराएका १७६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाईकल चोरीमा संलग्न २१ जनालाई चोरीका मोटरसाईकलसहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।


स्थानीय वायुको प्रभाव

स्थानीय वायुको प्रभाव



काठमाडौं, १० मंसिर । मौसमी प्रणाली प्रभाव अझै केही दिन कायम रहने भएको छ। स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा तुवाँलो लागेको विभागले जनाएको छ ।  

मौसम सफा हुन वर्षा हुनुपर्छ वा तीव्र वेगले वायु चल्नुपर्छ। सो अवस्था नदेखिएकाले मौसममा सुधार हुने सम्भावना नदेखिएको बताइएको छ। हाल प्रदेश नं १, वाग्मती, गण्डकी र पहाडी भूभागमा आंशिदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।


काठमाडौंमा विप्लवको बन्द(फोटोफिचर)

काठमाडौंमा विप्लवको बन्द(फोटोफिचर)



काठमाडौं, ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।  
काठमाडौं उपत्यकामा  बन्दको प्रभाव सामान्य देखिएको छ ।  बन्दका कारण सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने बसपार्कहरुबाट लामो दूरीका यातायातका साधनसमेत छुटेनन् । काठमाडौंमा साझा यातायात, टेम्पो लगायतका केहि सार्वजनिक यातायातका साधन भने चलेका छन् । 
पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेपाल बन्द आह्वान गरेको हो ।


 


मुस्ताङ हिमपहिरोमा १ सय ५० याक र चौरी बेपत्ता

मुस्ताङ हिमपहिरोमा १ सय ५० याक र चौरी बेपत्ता



मुस्ताङ, २९ कात्तिक । मुस्ताङ थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १ सय ५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई  गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन्। हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हिराचनले बताए। 

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन्। चरनमा रहेका  याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०ः१२  मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको छ। 

नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ। घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ। जंगलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हिराचनले बताए। उवा र फापरबालीमा क्षति पुगेको छ। 
 


थप ३ सय १७ जनामा कोरोना संक्रमण

थप ३ सय १७ जनामा कोरोना संक्रमण



काठमाडौं, २५ कात्तिक । नेपालमा थप ३ सय १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ९ हजार ६ सय ९ जना, एन्टीजेन विधीबाट ३ हजार ४४ जनामा परिक्षण गर्दा ३ सय १७ जनामा संक्रमण पुष्टि गरेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कारोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६६ पुगेको छ । त्यस्तै आज थप २ सय ७९ जनाले कोरोनालाई जितेका छन् । नेपालमा हाल सक्रिय संक्रमित सँख्या ७ हजार ५ सय ३५ रहेको छ ।


आजदेखि जनगणना शुरु

आजदेखि जनगणना शुरु


काठमाडौं, २५ कात्तिक। आजबाट राष्ट्रिय जनगणना शुरु हुँदैछ । हरेक १०–१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि शुरु भई ९ मंसिरसम्म चल्नेछ । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

यसका लागि गणकहरु आज बिहान ९ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुगेका छन् । त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन कहाँ गणक पुग्ने समय तालिका बनाइएको छ ।

जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्ने छन् ।

विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।


थप ४४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु सहित

थप ४४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु सहित



काठमाडौं, १७ कात्तिक । बुधबार नेपालमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल नौ हजार ९१३ जनाको नमूना परीक्षण गर्दा ४४७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३९५ र एन्टिजेन विधिबाट ५२ संक्रमित पहिचान भएका छन्। उक्त अवधिमा कूल छ हजार ५७७ जनाको पीसीआर र तीन हजार ३३६ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ४३९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
काठमाडौं उपत्यकामा १७५ थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १३१, ललितपुरमा २७ र भक्तपुरमा १७ संक्रमित छन्।

यस्तै, काठमाडौंमा १९९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९४६, ललितपुरमा ५४४ र भक्तपुरमा ५०६ छन्।
 


मनाइयो कुकुर तिहार(फोटोफिचर)

मनाइयो कुकुर तिहार(फोटोफिचर)


काठमाडौं, १७ कात्तिक । यमपञ्चकको दोस्रो दिन इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतम बताउँछन् । 


घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने बिहीबार बिहान मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 
यसैबीच यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजमा बुधबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।


कार्यक्रममा उक्त महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.देउती गुरूङले महाशाखामा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेकी थिइन् । उनले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फ ‘कालु’लाई पुरस्कार प्रदान गरिन् । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत उनले पुरस्कार प्रदान गरिन् ।
कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारीहरु र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार, रिमोट कन्ट्रोल कला र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए । 

तस्बिरः नेपाल प्रहरी