10 Ashwin, 2080 / 27 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


वैदेशिक रोजगारीः एक वर्षमा  ७ लाख ७१ हजार युवा विदेशिए

वैदेशिक रोजगारीः एक वर्षमा ७ लाख ७१ हजार युवा विदेशिए


काठमाडौं, १ साउन ।  आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जना श्रमिक श्रम स्वीकृति लिएर विदेश गएका हुन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेहरुको संख्या हो ।

चालु आर्थिक वर्षको गत जेठ महिनामै नौ वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्याले बनाएको रेकर्ड तोडेको थियो । जेठसम्म ७ लाख १९ हजार ६७७ जना श्रमिक श्रम स्वीकृति लिएर उडिसकेका थिए । असार महिनामा थप ५१ हजार ६५० जनाले श्रम स्वीकृति लिएपछि कीर्तिमानले थप उचाइमा लिएको छ । आर्थिक वर्ष २०७१/७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरेर ६ लाख ९३ हजार ३२ जना श्रमिक विदेश उडेका थिए ।


गत आर्थिक वर्षमा कुल ६ लाख ३७ हजार १३३ जना श्रमिक विदेशिएकोमा यो वर्ष १ लाख ३४ हजार २१४ जना बढीले विदेशमा काम गर्न श्रम स्वीकृति लिएको वैदेशकि रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।
 


अध्यागमन विभाग अगाडि वैदेशिक रोजगार व्यवसायीको प्रदर्शन(फोटोफिचर)

अध्यागमन विभाग अगाडि वैदेशिक रोजगार व्यवसायीको प्रदर्शन(फोटोफिचर)


३१ असार । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभाग अगाडि प्रदर्शन गरिएको छ ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको भन्दै आइतबार विभाग अगाडि विरोधमा प्रदर्शन गरिएको हो ।


कालिकास्थनस्थित अध्यागमन विभाग अगाडि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो । कानुनसम्मत श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका श्रमिकहरुलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण फर्काइरहेको भन्दै संघले विरोध प्रदर्शन गरेको हो ।


श्रमिकलाई फर्काइएको बिरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन

श्रमिकलाई फर्काइएको बिरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन


काठमाडौं, ३१ असार । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको भन्दै अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डनलगायतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई  त्रिभुवन अन्तर्रास्ट्रिय  विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण फर्काइरहेको भन्दै आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिरोध प्रदर्शन गरेको हो । 

उनीहरुले अध्यागमनको बिना कारण विदेश जानबाट रोक्ने कदमले  व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरुले बिरोध गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण अध्यागमन विभागले कामदार विदेश जनबाट रोकेका कारण बिरोध गर्नुपरेको बताए । उनले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनीसमेत दिए । 

आन्दोलनकारीहरुले अध्यागमनमा हुने अनियमितता छानबिन गर, अध्यागमनबाट श्रमीक फर्काउने कार्य बन्द गर, वैदेशिक रोजगारीमा जाने श्रमीकलाई दुःख दिने काम बन्द गर, भिजिट भिसामा हुने सेटिङ बन्द गर, अध्यागमनको ज्यादती बन्द गर, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गरलगायत लेखिएका प्लेकार्ड बोकेर नारा लगाएका थिए । 
 


विमानस्थलबाटै श्रमिक फर्किइएपछि क्षतिपूर्तिको माग 

विमानस्थलबाटै श्रमिक फर्किइएपछि क्षतिपूर्तिको माग 


काठमाडौं, २९ असार । म्यानपावर व्यवसायीहरुले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काइएपछि  क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । 
शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै श्रमिकहरुलाई शंकाकै भरमा फर्काएर भएको भन्दै क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् ।  संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम स्वीकृति लिएर गएका श्रमिकलाई अन्यायपूर्ण तरिकाले कुवेत जान रोकिएको भन्दै त्यसबाट म्यानपावर व्यवसायीले क्षति बेहोर्नुपरेको बताए । 

बिना कारण वैदेशिक रोजगारीमा जान लागेकालाई रोक लगाउनु जायज नभएको भन्दै व्यवसायीहरुलाई उचित क्षतिपूर्ति दिएर श्रमिकहरुलाई वैदेशिक रोजगारीमा पठाउनु पर्ने माग संघको छ । 
वैदेशिक रोजगार विभागबाट संस्थागत रुपमा प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जान लागेका श्रमिकहरुलाई अध्यागमन विभागका कर्मचारीहरुले गलत सूचना दिने, अनावश्यक दुःख दिई रोजगारीबाट वञ्चित गराउने उद्देश्यबाट प्रेरित भएर हस्तक्षेप गर्नु गलत भएको संघको ठहर छ ।

वैदेशिक रोजगारमा जाने कामदारको मागपत्र, भिसा, उडान निश्चित भएको हवाई टिकट हेरी जाँचबुझ गरी अन्तिम स्वीकृति दिने अख्तियारी वैदेशिक अध्यागमन कार्यालयको क्षेत्राधिकार नभएर रोजगार विभागको भएको अध्यक्ष भण्डारीले बताए ।  भिसा र हवाई टिकट बाहेकका अनावश्यक कागजातको जाँच परीक्षण गर्ने, कामदारलाई दुव्र्यवहारका साथ उडान अनुमति नदिई फर्काउँदा कतिपय कामदारको भिषा समाप्त भै रोजगार नै गुम्नेसम्मको अवस्था रहेको बताए । उनले अध्यागमन विभागले अनावश्यक श्रमिक रोक्दा व्यवसायीलाई हवाई टिकटबापत ठूलो आर्थिक क्षति पुगेको बताए ।

संघका महासचिव मेघनाथ भुर्तेलले अध्यागमनले विना कारण रोक्दा करिब ६० हजार पर्ने टिकट खेर गएको बताए । कम्पनीले कामदार लैजान टिकट नदिने हुँदा श्रमिकलाई समस्या पर्ने बताए । 
महिला पुनःस्थापना केन्द्र (ओरेक)की निमित्त कार्यकारी निर्देशक सुनिता मैनालीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरकारले रोकेर संविधानमा पाएको अधिकार खोस्ने काम गरेको बताइन् । 
 


वैदेशिक रोजगारीः पहिलो रोजाइमा बन्यो मलेसिया

वैदेशिक रोजगारीः पहिलो रोजाइमा बन्यो मलेसिया


काठमाडौं, २८ असार । गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ५९ हजार ४२२ जनाले श्रम स्वीकृति लिएका छन् । २०८० जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो ।
श्रम स्वीकृति लिनेमा ५३ हजार ३११ जना पुरुष र ६ हजार १११ जना महिला रहेका छन् । विभागका अनुसार ९२ देशमा काम गर्न जानको लागि उनीहरुलाई श्रम स्वीकृति प्रदान गरिएको हो ।

जेठ महिनामा मलेसिया जानको लागि सबैभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । पारिश्रमिकका साथमा बस्नका लागि होस्टल, खानका लागि थप रकम, अतिरिक्त कामको पनि सुविधा दिन थालेपछि मलेसिया धेरैको रोजाइमा पर्न थालेको हो । विभागको तथ्याङ्क अनुसार पछिल्लो महिना मलेसिया जान १३ हजार ८४४ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैशाख महिनामा मलेसिया जानको लागि १४ हजार ६३६ जनाले स्वीकृती लिएका थिए । बैशाखको तुलनामा जेठमा मलेसिया जानेको संख्या घटेको हो ।

यस्तै, कतार जान १० हजार ८७७ जनाले श्रम स्वीकृती लिएका छन् । युनाइटेड अरब इमिरेट्स (युएई) जान १० हजार ६२६, साउदी अरब जान १० हजार ३५२, कुवेत जान २ हजार ७५९, कोरिया जान २ हजार ९६४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

कुन जिल्लाबाट कतिले लिए श्रम स्वीकृति

धनुषाबाट सबैभन्दा धेरैले श्रम स्वीकृती लिएका छन् । धनुषापछि झापा, सिराहा ,मोरङ, महोत्तरी, रुपन्देही, सर्लाही, सप्तरी, चितवन, कपिलवस्तु, मकवानपुरबाट सबैभन्दा धेरैले श्रम स्वीकृती लिएका छन् । धनुषाबाट २ हजार ९ सय ८७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृती लिएका छन् । यस्तै झापाबाट २ हजार ८४२ जनाले विदेशमा रोजगारी गर्नको लागि श्रम स्वीकृती लिएका छन् । सिराहाबाट २ हजार ५६३ जना, मोरङबाट २ हजार ४४३ जना, महोत्तरीबाट २ हजार ११५ जना, रुपन्देहीबाट १ हजार ८९२ जना, सर्लाहीबाट १ हजार ७१० जना र सप्तरीबाट १ हजार ५७१ जनाले श्रम स्वीकृती लिएका छन् ।

यसैगरी चितवनबाट १ हजार २७७ जना, कपिलवस्तुबाट १ हजार १९६ जना र मकवानपुरबाट १ हजार ३४ जनाले श्रम स्वीकृती लिएका छन् ।

यता जेठ महिनामा रुकुमबाट कसैले पनि श्रम स्वीकृती नलिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । नवलपरासीबाट ५ जनाले मात्रै श्रम स्वीकृती लिएका छन् ।
 


वैदेशिक रोजगारीः कुवेत हिँडेका ११७ जना विमानस्थलबाटै फिर्ता

वैदेशिक रोजगारीः कुवेत हिँडेका ११७ जना विमानस्थलबाटै फिर्ता


काठमाडौं, २८ असार । कुवेत जान लागेका ११७ जना श्रमिक त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।

विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला पनि छन् ।

अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीका अनुसार श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरुलाई फर्काइएको हो ।

उनका अनुसार पछिल्ला केही दिनमा कुवेतमा यस्तो भिसामा जानेहरुको संख्या बढेपछि जानेहरुसँग सोधपुछ बढाइएको थियो । त्यही क्रममा बुधबार कुवेत जान हिंडेकाहरुसँग अनौपचारिक रुपमा सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएको विभागको दाबी छ ।
 


पास इन्टरनेशनल आजबाट गल्फ जब्स हन्ट्स म्यानपावर

पास इन्टरनेशनल आजबाट गल्फ जब्स हन्ट्स म्यानपावर


काठमाडौं, २७ असार । नेपाल सरकारबाट मान्यता प्राप्त गरी वैदेशिक रोजगार क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पास इन्टरनेशनल प्रा.लि. बुधबारबाट विधिवत् नाम परिवर्तन भइ गल्फ हन्ट्स म्यानपावर भएको छ ।


काठमाडौं सामाखुसी वडा नं. १० को आफ्नै भवनमा रहेको उक्त म्यानपावरका प्रबन्ध निर्देशक पुष्प ओलीले औपचारिक कार्यक्रम गरी आफ्नो नाम गल्फ हन्ट्स म्यानपावर भएको जानकारी गराएका थिए । 
प्रबन्ध निर्देशक ओलीले भने, ‘गल्फ जब्सले आगामी दिनमा यो भन्दा बढी सेवा सुविधा दिएर नेपाली दाजुभाइलाई वैदेशिक रोजगारमा पठाउने र आफ्नो कम्पनी दुबईको एक प्रतिष्ठित कम्पनी सँग चेनमा काम गर्ने हुँदा वैदेशिक रोजगारमा रहेका आफ्ना दाजुभाइलाई कुनै समस्या परेमा तुरुन्त समस्या समाधान हुनेछ ।’
आजसम्म गल्फ मुलुकमा मात्र आत्मनिर्भर भएर काम गरिरहेकोमा आगामी दिनमा यूरोपको विभिन्न मूलुकमा पनि गन्तव्यको खोजी गरी नेपालीहरुलाई रोजगारीको लागि पठाइ आत्मनिर्भर बनाउने प्रबन्ध निर्देशक ओलीले बताए ।

कार्यक्रममा अञ्जली ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक टिका शिवाकोटीले पास इन्टरनेशनलबाट गल्फ जब्स हन्ट्स म्यानपावर भएकोमा उक्त म्यानपारका सबै प्रतिनिधिलाई बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।  कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, मेडिकल व्यवसायी, वैदेशिक रोजगार व्यवसायी, अञ्जली ओभरसिज प्रा.लि.का कर्मचारीहरुको उपस्थित रहेको थियो ।


 


वैदेशिक रोजगारमा रहेकालाई रिलायबलको आईपीओ खुला 

वैदेशिक रोजगारमा रहेकालाई रिलायबलको आईपीओ खुला 


काठमाडौं, २७ असार । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आज (असार २७ गते) देखि आवेदन दिन सकिने भएको छ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन खुला गर्न लागेको हो।

इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।


वैदेशिक रोजगारीमा जाँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्न सरकारसँग माग 

वैदेशिक रोजगारीमा जाँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्न सरकारसँग माग 


काठमाडौं, २६ असार ।  म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न मागहरु राखेको हो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले बढीमा १० हजार मात्रै सेवा शुल्क लिन पाइने नियम बदल्न गृहकार्य गरिरहँदा व्यवसायीहरु प्रधानमन्त्री भेट्न पुगेका हुन् । अब म्यानपावरले लिन पाउने सेवा शुल्क बढाएर कम्तीमा एक महिनाको तलब बराबर सेवा शुल्क लिनसक्ने व्यवस्था गर्न श्रम मन्त्रालयले तयारी अघि बढाएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारी नेतृत्वमा प्रधानमन्त्री कार्यालय पुगेको टोलीले म्यानपावर कम्पनीले वार्षिक १०० जना कामदार पठाउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन माग गरेका छन् । वैदेशिक रोजगार ऐनअनुसार आगामी ३१ असारसम्म सरकारले बाधा अड्काउ फुकाउको निर्णय नगरेमा करिब २ सय वटा म्यानपावर कम्पनी लगातार २ वर्षसम्म १०० जना पनि श्रमिक नपठाउने सूचीमा पर्नेछन् । यसलाई रोक्न माग गर्दै व्यवसायीले मन्त्रिपरिषद्‍बाट अघिल्लो २ वर्षमा जस्तै बाधा अड्काउ फुकाउको निर्णय गर्न माग गरिरहेका छन् ।


वैदेशिक रोजगारीः साउदीमा अनलाइनमार्फत दूतावासमा आफ्नो गुनासो राख्न सकिने

वैदेशिक रोजगारीः साउदीमा अनलाइनमार्फत दूतावासमा आफ्नो गुनासो राख्न सकिने


काठमाडौं, २६ असार । साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ ।

समस्यामा परेकाहरूले सहज रूपमा दूतावासमा आफ्नो समस्याहरू राख्न सकुन भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको दूतावासले जनाएको छ ।

यो प्रणाली सञ्चालनमा आएसँगै अब साउदीमा कार्यरतहरूलाई कुनै अप्ठेरो भएमा, गुनासो राख्नु परेमा वा दूतावासको सहयोग चाहिएमा अनलाइनमार्फत नै आफ्नो कुरा राख्न सक्छन् । अनलाइनमार्फत श्रमिकले राखेका समस्या तथा गुनासो उपर तत्कालै आवश्यक समन्वय थालिने दूतावासले जाएको छ । दूतावासले समस्या समाधानका लागि के कस्तो पहल र प्रयासहरू गरिरहेको छ भन्ने जानकारी पनि अनलाइनमार्फत नै श्रमिक आफैँले हेर्न सक्नेछन् ।

आफूले राखेको गुनासो उपर के भइरहेको छ भनेर दूतावासमा सम्पर्क गरिरहन पर्ने बाध्यता पनि यो प्रणालीले हटाएको दूतावासले जनाएको छ । 

दूतावासले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत आफ्नो समस्या र गुनासो टिपाउन याे https://sa.nepalembassy.gov.np/complain/ लिङ्कमार्फत जान पर्छ ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom