20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारः पुस महिनामा ६५ हजार नेपाली विदेसिए




वैदेशिक रोजगारः पुस महिनामा ६५ हजार नेपाली विदेसिए

काठमाडौं, ३ माघ । पुस महिना मात्रै ६५ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।
जसमा ५९ हजार ७२९ पुरूष र ६ हजार ८४ जना महिला रहेका छन् । ३४ हजार ४१५ जनाले श्रम स्वीकृति मात्रै लिएका छन् । जसमा ३० हजार ३१७ जना पुरूष र ४ हजार ९८ जना महिला रहेको विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०७९/८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशीएका थिए । त्यसरी जानेमा सबैभन्दा बढी यूएई पुगेका छन् । यूएइका लागि १६ हजार ३८५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १३ हजार ८६० पुरूष र २ हजार ५२५ जना महिला रहेका छन् । त्यसपछि साउदी अरेबिया पुगेका छन् ।
जहाका लागि १४ हजार ३०७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार २१५ जना पुरूष छन् भने ९२ जना मात्रै महिला छन् । त्यस्तै कतारमा १४ हजार १८ जना गएका छन् । जसमा १३ हजार १३५ पुरूष र ८८३ महिला रहेका छन् । त्यस्तै मलेसिया ८ हजार ९१, कुवेत ३ हजार ५१८, कोरिया १ हजार ४२५, जापान १ हजार १९९ जना गएको विभागको तथ्यांकले देखाएको छ ।  
 



Related News


यसमा तपाइको मत


Comments