20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

माल्टा पठाइदिन्छु भन्दै ४३ लाख ठगी, आरोपी महिला पक्राउ




माल्टा पठाइदिन्छु भन्दै ४३ लाख ठगी, आरोपी महिला पक्राउ

काठमाडौं, २ माघ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा पाल्पाको बग्नासकाली गाउँपालिका–१ घर भई हाल काठमाडौं–१५ स्वयम्भु बस्ने वर्ष ३० की मायादेवी राना रहेकी छन्।
मायाले दिपकराज कँडेल समेतलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि होटलमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।

पीडितहरूबाट पटकपटक गरी ४३ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो। 
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
 



Related News


यसमा तपाइको मत


Comments