09 Ashwin, 2080 / 26 September , 2023
डा.रवीन्द्र पाण्डे
जाडो महिनामा रक्तचापका बिरामीले बिशेष ख्याल गर्नुपर्दछ । जाडो महिनामा तापक्रम घट्दा रक्तनली साँघुरा हुन्छन् । जसले गर्दा रक्रनलीमा रगतको दवाब परेर रक्तचाप थप बढ्छ । जाडो महिनामा निष्क्रिय जीवनशैली, नुनको धेरै प्रयोग, चिया / कफी तथा मदिराको अधिक सेवनले शरीरको तापक्रम छिट्टै घटाएर रक्तचाप बढाउछ | त्यस्तै जनावरजन्य चिल्लो जस्तै घ्यु, बोंसोको सेवनले कोलेस्टेरोलको वृद्धि हुन्छ |
जाडो महिनामा रक्तचाप बढ्न नदिन केहि उपाय छन् |
१. समयसमयमा रक्तचाप नाप्ने | बढेमा तुरुन्त चिकित्सकको सल्लाह अनुसार औषधिको मात्रा मिलाएर सेवन गर्ने |
२. मुटुको कार्यक्षमतामा अचानक लोड नहोस् भनेर घरबाहिर चिसोमा सकभर कम जाने |
३. हेभी एक्सरसाइज नगर्ने |
४. टोपी, गलबन्दी / पछ्यौरा / पंजा लगाउने |
५. प्रदुषण भएको ठाउँमा मर्निंग वाक नगर्नु राम्रो हुन्छ | जाडो महिनामा प्रदुषणको स्तर बिहान / बेलुका बढी हुन्छ | प्रदुषणको कारण रक्तचाप तथा मुटुरोग लाग्ने धेरै अनुसन्धानले देखाएका छन् |
६. आफ्नो शारीरिक तौल नियन्त्रण गर्ने |
७ . स्वस्थकर खाना खाने | सागसब्जी, फलफूल, माछा, लो फ्याट दुध, बदाम आदि खाने | खास गरेर हरियो सागसब्जी, केरा ( केरामा पोटासियम पर्याप्त हुन्छ जसले ब्लड प्रेसर घटाउँछ तथा सोडियमको मात्रा सन्तुलन गर्छ | त्यस्तै मोटो माछाको नियमित सेवन गर्नाले ओमेगा-३ फ्याटी पाइन्छ जसले रक्तचाप, सुजन तथा Triglyceride घटाउँछ | त्यस्तै भिटामिन डी को सेवनले पनि रक्तचाप घटाउन मद्दत गर्छ | घ्यु, बोंसो, नुनिलो खाना, जंक फुड, रेस्टुरेन्ट फुड आदिको सेवन नगर्नु स्वस्थकर हुन्छ |
.केहि घरेलु पदार्थको सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सहयोगी हुन्छन् |
१. मेथी – यसमा हुने फाइबरले कोलेस्टेरोल घटाउँछ | साथै मेथिमा सोडियमको मात्रा निकै कम हुन्छ |
२. मुला – मुलामा पोटासियम हुन्छ जसले रक्त बहाबलाई नियमित गर्न सहयोगीको भूमिका खेल्छ |
३. पालुंगो साग – पालुंगोमा पोटासियम, म्याग्नेसियम, जिंक र ल्युटेन पाइन्छ | जसले गर्दा रक्तनली मोटा हुनबाट तथा हार्ट एट्याक हुने सम्भावना कम हुन्छ |
४. गाजर – गाजरमा भएको पोटासियमले रक्तनलीमा हुने रगतको चापलाई फैलिन मद्दत गरेर रक्तचाप नियन्त्रण गर्न सघाउछ | साथै नुनमा हुने ill – effect लाई घटाएर मुटुरोग हुन बचाउँछ |
५. बिटरुट ( चुकन्दर ) – चुकन्द भिटामिन वि को राम्रो स्रोत हो | यसले स्नायुको काममा सुधार गर्छ | यसमा एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ | जसले रक्तचाप र कोलेस्टेरोल सन्तुलनमा राख्न मद्दत गर्दछ | यसमा हुने Nitric Oxide gas ले रक्तनलीलाई फराकिलो बनाउन मद्दत गर्छ |
घरभित्रको ब्यायाम, सक्रिय जीवनशैली, रक्सी तथा चुरोटको त्याग, चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन, तनाब ब्यबस्थापन, तातो तथा झोलिलो पदार्थको सेवन आदिले गर्दा जाडोमा ब्लडप्रेसर बढ्ने तथा हृदयाघात हुने सम्भावनालाई घटाउन मद्दत गर्दछ |
( मदिरा सेवनले सुरुमा न्यानो अनुभव भएपनि यसले शरीरको तापक्रम घटाउँछ जसले गर्दा ब्लडप्रेसर बढ्ने जोखिम हुन्छ |)
डा.अरुणा उप्रेती
मेडिकलको पढाइ सकेर केही दिनअघि मात्रै एक निजी अस्पतालमा कार्यरत २५ वर्षीया डा. रिना(नाम परिवर्तन)लाई निजी अस्पतालको चर्तिकला देखेर छक्क लाग्छ।
एम्बुलेन्सका ड्राइभरलाई कमिसन दिएर निजी अस्पतालले बिरामी आफ्नो अस्पतालमा ल्याउन गरेको रिनाले सुनेकी थिइन्। तर निजी अस्पतालले सरकारी र ठूला अस्तालबाट बिरामी ल्याउन आकस्मिक कक्षाका डाक्टरहरुलाई पैसा दिन्छन् भन्ने चाँही काम गर्न थालेपछि मात्रै थाहा पाइन्।
डा.रिना काम गरेको अस्पतालबाट विभिन्न गाउँमा निशुल्क परीक्षण गर्ने भन्दै स्वास्थ्य शिविर लैजादाँ रहेछन्। त्यहाँ गएर बिरामी जाँचेपछि थप उपचार गर्न फलाना अस्पतालमा आउनू, छुट हुन्छ भनेर ठेगाना र फोन नम्बर दिइँदो रहेछ। अस्पताल आएपछि विभिन्न बहानामा सकेजति असुल्ने रहेछन्।
आफूलाई थाहा हुँदैहुादै पनि बिरामीलाई अनावश्यक जाँच गर्न लगाएर रकम असुल्न परिरहेको भन्दै डा. रिनाले आफ्नो एक साथीसँग निकै गुनासो पोखेकी थिइन्।
एक प्रतिनिधि घटना उनी यसरी सुनाउछिन् ‘केही दिनअघि सामान्य समस्या लिएर ६५ वर्षका वृद्ध अस्पताल आएका थिए। उनको केही दिनअघि मात्रै सबै जाँच गरिसकेको थियो। तर मेरो हाकिम आएर अंग्रेजी भाषमा मलाई भने–उसको सबै जाँच गर्नू। त्यसपछि मैले तपाईलाई कहाँ–कहाँ दुख्छ बा ? भनेर सोधेँ। उनले पाखुरा, खुट्टा देखाए। त्यसपछि सबै भागको एक्सरे गरियो। मेडिकल कलेजका आकस्मिक कक्षमा तिम्रा साथी काम गर्छन् भने, बिरामी यता पठाउन लगाउन हामी पैसा दिन्छौँ भनेर हाकिमहरुले भन्ने गरेको डा. रिना सुनाउँछिन्। त्यसरी बिरामी पठाएवापत आकस्मिक कक्षका स्वास्थ्यकर्मीलाई १५०० देखि २००० रुपैयाँसम्म दिने गरिँदो रहेछ।
नाम नबताउने सर्तमा उनले भनिन्–‘मलाई त दिक्क लागिसक्यो, यस्तो अस्पतालमा कसरी काम गर्नु ?’ अहिले post ग्य्राजुएसन गर्न समय निकाल्नु परेकोले मात्र काम गर्न बाध्य भएको रिना सुनाउँछिन्।
बढी भन्दा बढी अस्पतालहरु खोली जनतालाई स्वास्थ्य सेवा विस्तार गर्ने सरकारको नीति छ। तर बढी हुँदैमा जनताले स्वास्थ्य सुविधा पाउन सक्दैनन भन्ने विभिन्न तथ्याले पुष्टि गर्छ। जनस्वास्थ्य विशेषज्ञहरुले पनि बारम्बार यही भन्दै आएका छन्।
अहिले मेडिकल कलेजको पढाइ सक्काएका कति विद्यार्थीहरु काम नपाएर रुमल्लिरहेका छन्, दुर्गममा गएर काम गर्ने इच्छा राख्दा समेत उनीहरु आफैँ जान सक्दैनन् सरकारले पडाउने व्यवस्था मिलाउन सकेको छैन। सरकारी छात्रवृत्तिमा पढेका एक विद्यार्थी भन्छन् ‘मलाई त जाजारकोट जान्छु देउ भन्दा पनि माथिको सोर्स लगाउ भने।’
गाउँका स्वास्थ्य चौकीमा गएपनि काम गर्न कुनै पूर्वाधार छैन। एक गाउँको स्वास्थ्य चौकिमा पठाइएका डाक्टर भन्छन् ‘हप्तामा दुई दन हाजिरी बनाए पुग्छ। प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुलाई अरु अस्पताल पठाइदिन्छौं। हाम्रो स्वास्थ्यचौकी केही छैन। खोपहरू चाहिँ छ।
हचुवाको भरमा स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीहरु राखिएका छन्। हिमाली क्षेत्रका कतिपय स्वास्थ्य चौकीहरु नाम मात्रका छन्।
गृहकार्य नै नगरी प्राथमिक स्वास्थ्य सेवा निःशुल्क भनेर भनिन्छ। तराईमा हुने स्वास्थ्य समस्या र कर्णालीका स्वास्थ्य समस्यालाई एकै जस्तो ठानेर एकै खालका औषधीहरु पठाइन्छ। कर्णालीमा औलो न लाग्ने ठाउँमा औलोको औषधी पठाउँदा त्यहाँ ती औषधीहरु खेर गएको कुरा स्वास्थ्यकर्मीहरु बताउँछन्।
‘मागेको औषधी समयमा आउँदैन। औषधी आएपछि त्यसको लागि भरियालाई दिएर पठाउन पैसा हुँदैन, अनि कति औषधीको म्याद सकिएपछि आउँछ’ हिमाली जिल्लामा कार्यरत धेरैजनाले यस्तो गुनासो सुनाउने गरेका छन्।
पहिले पहिले तराई क्षेत्रमा पोलिक्लिनिकमा रिक्सावालाहरुले बिरामी ल्याएबापत पैसा पाउँथे। अहिले एम्बुलेन्सका चालकहरुले निजी अस्पतालमा बिरामी ल्याएबापत पैसा पाउँछन, आकस्मिक कक्षबाट स्वास्थ्यकर्मीले अन्य निजी अस्पतालमा बिरामी पठाएबापत पैसा पाउँछन्।
सरकारी अस्पतालका बिग्रिएका मेसिन बनाउनतिर भन्दा एक्स रे, सिटीक्यान गर्न बाहिर पठाउनमा चिकित्सकहरुको जोड हुन्छ। किनकी त्यो वापत कमिसन आउँछ। जिल्लाका निजी अस्पतालले रिफर गरेर काठमाडौंका निजी अस्पतालमा बिरामी पठाउँदा पनि पैसा दिइन्छ। अनि कसरी हुनु त जनताको स्वास्थ्यको सुरक्षा ?
काठमाडौंको वरिपरि पाइला–पाइलामा अस्पताल छन्। विभिन्न निजी अस्पतालहरुले नामका पछाडि ‘अनुसन्धान केन्द्र’ भन्ने पुच्छ्रो पनि जोडेको देखिन्छ। तर ती अस्पतालमा के अनुसन्धान हुन्छ ? तिनको अनुसन्धानले स्वास्थ्य क्षेत्रलाई के योगदान गरिरहेको छ ? कतै लेखाजोखा भएको छैन। स्वास्थ्य मन्त्रालयको अनुगमन गर्दैन।
केही नीजि अस्पतालमा बढी बिरामीहरु ल्याउन सकियोस् भनेर बिरामी नभएका व्यक्तिहरुलाई पनि बिरामी भनेर अस्पतालमा पुर्याइदिने, छाती दुखेर आएको बिरामीलाई क्यान्सर पनि हुनसक्छ भनेर तर्साउने जस्ता काम भइरहेका छन्।
अनि कसरी हुनु त जनताको स्वास्थ्यको सुरक्षा ?
डा.उप्रेतीको फेसबुकबाट
-रुपा थापा-
रङ्गि विरङ्गि सपना बनेर
त्यसै गरि सजिएका छन
जीन्दगीका दियोमा
थपिएको तेल
बजारमा सजाएर राखिएका
कृत्रिम ति फूलहरु
अनि कृत्रिम ति रङहरुसँग
यदि हराएन छ भने कतै
जीन्दगीका प्यारा मुस्कानहरु
जीन्दगीका सारा अध्यारोलाई हटाएर
हरेक दिन जीन्दगीे
एउटा उत्सव बनाेस
यो तिहार पनि त्यसै गरि
सयपत्री फूलको बास्ना
मखमली फूलको बाचा
सेलरोटीको बास्ना
देउसी र भैलीले
भाइचाराको अटुट सम्वन्धसँगै
जीन्दगीका तमाम ती अध्यारा रातहरू
अझै उज्यालो बनोस्
-डा.अरुणा उप्रेती-
मेरो घरमा घोड्ताप्रे आफैँ फलेको छ । सिँहदरबारबाट वैधखानाबाट निस्किएको चन्द्र निघन्टुमा घोड्ताप्रेको बयान यसरी गरिएको छ ।“स्मरण शत्ति बढाउने, चर्मरोगको लागि उपयोगि” अपशोच त घोड्ताप्रेको प्रयोग जन जनले धेरै गर्न सकेका छैनन् वा जानेका छैनन् ।
“यो एकचोटी फलेपछि आफै बढेर जान्छ । म यसको निकै प्रयोग गर्छु । सुकाएर पनि राखेको छु र यससलाई बिहान उठेर खान्छु” एक साथीले मलाई भनेकि थिइन् ।
म त्यसको दिन दिनै प्रयोग गर्न नसके पनि बारीमा गएको बेला म ..बेला धोएर खाइहाल्छु ।
त्यसै गरी अमलालाई “अमृत फल” पनि भनिदो रहेछ भनेर यो किताबमा लेखेको रहेछ । तर यो “अमृत फलले” अझै सम्म नेपालीहरुको दैनिक फल बन्ने मौका पाएको छैन । अमलाको मुख्य काम पेटको गडबडी बिरामीबाट भएर उठेपछि तागत दिलाउने, स्वास प्रस्वासको समस्या भएको बेला प्रयोग गर्न सकिन्छ भनेर लेखिएको छ च्यवानप्रस्को एक महत्वपूर्ण तत्व नै अमला हो तर अमलालाई बेवास्ता गर्ने हाम्रो बानी छ ।
त्यसैगरी निबुवा , कागतीको बारेमा यो किताबमा लेखिएको छ । अरुचि, अजीर्ण आदिको लागि ,अमलार निवुवामा भएको भिटामीन “सी” को उपयोगिता बारे शायद त्यति जानकारी नभएर होला भिटामीन “सी” को चक्कि खान बढि प्रेरित भइरहेको छ । सिहदरबार कार्यरत वैधहरुले अमला कागतीको त्यति प्रचारप्रसार गरेको पइदैन ।
असुरोको फोटो सहित यो किताबमा लेखिएको यसको पात, फूल र जरा सबै काम लाग्छ । यसले ज्वरो कम गर्न खोकी कम गर्छ । त्यसैगरि पालुङ्गको बारेमा लेखिएको छ । (आन्द्राको विकार), ज्वरो आदिमा प्रयोग गरिन्छ । त्यसैगरी पालुङ्गको बियाले कब्जियत हटाउन मद्दत गर्छ ।
घिउकुमारीको महत्वको बारेमा यसरी लेखिएको छ । वालवालिकालाई जुका नपरोस भनेर प्रयोग गर्न सकिन्छ । कलेजो र फियोको स्वास्थ्यको लागि राम्रो हुन्छ ।
घर वरिपरि भएका यस्ता औषधीहरु उक्त वनस्पतिको बारेमा यति सुन्दर र सहज ढङ्गले लेखिएको यो किताबको धेरै विज्ञापन नभएर होला सायद सिंहदरबार खाना भित्र लडिरहेका होलान् ।
विभिन्न जिल्लामा आयुर्वेद अस्पतालमा गएर यो किताबको बारेमा कुराकानी गर्दा त्यहाँका कर्मचारीलाई थाहा नभएको पाएँ । साह्ै्र अफशोस लाग्यो ।
त्यसैगरी मूला, धनियाँ, चम्सुर जस्ता सहजरुपले पाइने वनस्पतिको पनि बयान गरिएको छ ।
“सौप” ले गर्भवति सुत्केरी महिलाको गर्भाशय संकुचन गर्न मद्दत गर्ने रहेछ । त्यसैले नेपाली चलनमा सुत्केरीलाई “हलुवामा सौप” हालेर पकाउने चलन छ । त्यसैगरी पेटको समस्या समाधान गर्न छाती खराब हुदाँ पनि यसले मद्दत गर्छ । यसैमा वन मेथीको बारेमा पनि लेखिएको छ र घोडाको लागि अत्यन्तै हितकार हुन्छ भनेर लेखिएको छ ।
बेथे साग मात्रै होइन यसले पाचनक्रिया सुचारु पार्दै रगत बढाउने पेटको जुका मर्ने, मलमुत्र शुद्धिकरण गर्ने, रुचि वर्धक हुन्छ भनेर लेखिएको छ । बेथेको साग भनेर मुख गिज्याउनेहरुलाई यसको बारेमा धेरै फाइदा हुन्छ भन्ने थाहा पाए पछि त प्रयोग गर्छन होला ।
त्यसैगरी “जुही” जस्तो वास्नादार फुलको वर्णन गरिएको यस किताब बाट थाहा हुन्छ कि यसले आखाँलाई फाइदा गर्ने, रगत सफा गर्ने गर्छ ।
नेवारीमा “जुहिस्वा” भनेर र संस्कृतमा, चारुमोदा । यसलाई प्रयोग गर्न वैधहरुले सिकाए जस्तो लाग्दैन ।
यस्तो सहज रुपमा विभिन्न वनस्पती र फलफूलको बारे सुन्दर चिज सहित वर्णन गरिएको यो किताब किन चर्चामा आएको छैन । आयुर्वेद वैधहरुले यसको बारेमा कतै छलफल नगर्न भएको भन्ने पनि बुझिनसक्नु छ ।
-डा.रवीन्द्र पाण्डे-
कोरोना महामारीसँगै बालबालिकामा इन्टरनेटको कुलत निकै बढेको छ | बानी लाग्ने गेम, भिडियो तथा सामाजिक संजालको कारण अधिकांश बालबालिका कुलतमा फसेका छन् | अनलाइन क्लासले गर्दा यो संख्या निकै बढेको छ | होमवर्क गर्दैछु, प्रोजेक्ट गर्दैछु, साथीसंग पढाइको छलफल गर्दैछु भनेर कम्प्युटर तथा मोबाइल फोनमा टाँसिने काम फेसनबाट अघिं बढेर दुर्व्यसनको रुपमा स्थापित भएको छ | यसले गर्दा बालबालिकामा खेल्ने, शारीरिक ब्यायाम गर्ने, घर / छिमेक / आफन्त / साथीसंग कुराकानी गर्ने, आकास र क्षितिज हेर्ने, औंशी र पूर्णिमाको अनुभूत गर्ने, ध्रुब तारा हेर्ने, जंगल तथा झरनामा आनन्द लिने, कल्पना गर्ने, सिर्जनशील हुने, नयाँ कुरा पत्ता लगाउने तथा जीवनको लागि चाहिने सीपको बिकास गर्ने आदि काम पुरै छुटाएका छन् | अझ टिकटक पुस्ताको अवस्था झनै भयाबह छ | आफ्नो सम्पूर्ण उदांगो गर्दा भविष्यमा के असर गर्दछ भन्ने कुरा यो पुस्ताले बुझेको छैन |
यी खालका मानसिक प्रदुषण बोकेर हुर्किएको पुस्ता भोलि आफ्नो पेशा तथा जीवनमा असफल हुने सम्भावना अत्यधिक छ | किनकी जीवन भर्च्युवल शैलीले चल्दैन | इन्टरनेट दुर्व्यसनले बिभिन्न शारीरिक, मनोबैज्ञानिक, मानसिक सामाजिक तथा अन्य समस्या सिर्जना गर्नेछ | सिक्ने उमेरमा यस्तो कुलतमा फस्नु भनेको अँध्यारो सुरुंगभित्र पस्नु हो |
बिद्यार्थी जीवनमा जुन व्यक्ति यो कुलतबाट बच्न सक्छ, पछि देश, समाज तथा पेशाको नेतृत्व उसैले गर्नेछ | अहिले प्राकृतिक जीवन तथा क्यारियरमा निरन्तर लागिरहने थोरै प्रतिशत बालबालिका नै भोलि बैज्ञानिक, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, बिभिन्न विषयका बिज्ञ, बिभिन्न पेशाका उच्च पदस्थ हुने पक्का छ | इन्टरनेटको कुलतमा नलागेका औसत बालबालिका पनि आफ्नो लक्ष्यमा सजिलै पुग्नेछन् |
तसर्थ सम्पूर्ण अभिभावक तथा बालबालिकाले गाँजा / चरेस / ब्राउन सुगरभन्दा घातक इन्टरनेट कुलतबाट बच्ने / बचाउने प्रयास आजबाटै सुरु गरौँ ! भविष्यलाई माया गरौँ !
-डा.अरुणा उप्रेती-
परिवार नियोजनका साधनहरूले महिलालाई गर्भ रहनबाट रोकेर उनको स्वास्थ राम्रो त पार्छ तर साधन प्रयोग गर्दा होसियारी नअपनाए अनेक कुप्रभाव पनि पर्न सक्छन् । परिवार नियोजनका साधनको प्रयोगले शरीरमा ‘नराम्रो बोसो’ को मात्रा बढेर जान सक्ने र यसले गर्दा उच्च रक्तचाप पनि हुनसक्छ । तर यसको बारेमा प्राय: महिलाहरूलाई जानकारी दिइन्न ।
आज भन्दा ३० वर्षअघि म वीर अस्पतालको ‘परिवार नियोजन शाखामा’ अस्थायी कर्मचारी थिएँ । त्यहाँ हामीलाई ७ वर्षसम्म प्रयोग गर्न सकिने नरप्लान्ट को सुइ राख्ने तालिम दिइयो । ६ महिनामा मैले झण्डै ४०० महिलाको पाखुरामा नरप्लान्ट राखेको थिएँ। तर ६० जना महिलालाई नरप्लान्ट राखेको दुई महिनामा नै निकाल्नु परेको थियो । ती मध्ये कसैको धेरै तौल बढेको थियो, कसैलाई लगातार योनीबाट रगत बग्ने समस्या देखिएको थियो । कसैलाई चाहीँ एकदमै धेरै टाउको दुख्ने समस्या भएको थियो ।
ती महिलाहरूको नरप्लान्ट दुई महिनामै निकालेकोमा मैले हाकिमहरूको हपार पनि खानुपरेको थियो । ‘महिलाहरूलाई टाउको दुख्ने, उच्च रक्तचाप हुने समस्या हुँदैन’ हामीलाई भनिएको थियो । तर वास्तवमा परिवार नियोजनका हर्मोनयुक्त साधनले यस्ता समस्या पैदा गर्न सक्छन् ।
३० वर्षअघि मैले एक महिलालाई नरप्लान्ट राख्दा २ महिनापछि उनी मलाई डिप्रेसन भयो नरप्लान्ट निकालिदिनुस भनेर आइन्। नरप्लान्टले कहिले पनि डिप्रेसन हुँदैन भनेर मैले उनलाई फर्काइदिएँ । त्यसको १५ दिनपछि गएर जाँच गराइछन् । मानसिक रोग विशेषज्ञले उनलाई भनेछन्, ‘डिप्रेसन परिवार नियोजनको साधनका कारणले पनि हुनसक्छ । नरप्लान्ट निकालेर आउनुहोस् अनि तपाईँले डिप्रेसनको औषधी खानु पर्ने कि नपर्ने हेराँैला।’
डाक्टरले एउटा चिठी लेखेर ती महिलाको नरप्लान्ट निकाल्न अनुरोध गरे । मैले नरप्लान्ट निकालिदिएँ । १५ दिनपछि महिला खुसी हुँदै आइन् । उनको डिप्रेसन हटेको थियो । पछि मैले विभिन्न पुस्तकमा पढ्दा थाहा भयो कि–वास्तवमा परिवार नियोजनका साधनहरूको प्रयोगले गर्दा कहिलेकाहीँ हुने कुप्रभाव जस्तो:– महिनावारी गडबड हुने, धेरै रगत बग्ने समस्या हुनसक्छ ।
दुइ वर्ष अघिको घटना हो । पूर्वको एक जिल्लामा १५ वर्षीया किशोरीको एक किशोरसँग सम्बन्ध भएपछि महिनावारी रोकियो । उनले ७ हप्तामा नै गर्भपतन गराउने औषधि खाइछन् । तर गर्भपतन गर्न औषधी खाएको दुइ दिनपछि उनको पेट एकदमै दुखेछ । उनी बेहोस् भइछिन् ।
अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयो–उनको गर्भ त गर्भनलीमा पो बसेको रहेछ । त्यो फुटेर उनको आन्तरिक रक्तश्राव भएर ज्यानमै खतरा पर्यो । शल्यक्रिया गरिएपछि धन्न ज्यान बाँच्यो । तर किशोरीलाई गर्भपतन गराउने औषधी जथाभावी दिने, उनको अवस्था कस्तो भनेर नजाँच्ने र गर्भपतनको औषधी दिने पसलेलाई कुनै सजाय भएन । यस्ता कयौँ घटनाहरु बाहिरै आउँदैनन् । घटनाहरू प्राय कतै प्रकाशमा पर्न आउँदैन ।
किशोरी तथा युवतीलाई गर्भपतनको अधिकारको बारेमा भनियो । यौन स्वास्थ्यको कुरा गरियो, तर उनीहलाई आफ्नो शरीरप्रतिको जिम्मेवारी र जथाभावी परिवार नियोजनका साधनको प्रयोगबारे चाहीँ सिकाइएन । यसले गर्दाकिशोरीहरु र युवतीको जीवन र स्वास्थ्यमा धेरै नराम्रो असर परेको छ
परिवार नियोजनका साधनहरूको प्रयोग गर्दा यदि जानकारीको अभाव भयो भने प्रजनन स्वास्थ्यमा प्रभाव पर्ने सम्भावना पनि हुन्छ ।
३० वर्षअघि हामीलाई एउटा पनि बच्चा नपाएको महिलालाई डिपो प्रोभेरा सुइ दिनुहुँदैन भनेर सिइकाएको थियो । ३ महिनाअघि अछाम पुग्दा मेरो भेट त्यहाँका स्वास्थ्यकर्मीसँग भयो ।
एकै छिनको कुराकानीपछि उनले भनिन्, ‘मेरा विवाह भएको ५ वर्ष भयो, विवाहलगतै बच्चा नपाउन पहिलो दुई वर्ष मैले डिपो प्रोभेरा सुइ लगाएँ तर छोडेको तीन वर्ष भइसक्यो अझै बच्चा भएको छैन । डिपो लगाएपछि मेरो शरीर मोटो पनि हुँदै गएको थियो । अहिले छोडेपछि पनि तौल घटेको छैन ।’
उनको कुरा सुनेर मैले उनलाई सोधेँ, ‘एउटा पनि बच्चा नभई किन डिपो प्रयोग गर्नुभएको ? यस्तो सल्लाह कसले दियो तपाईंलाई ?’ यसको जवाफमा उनले भनिन्, ‘हामीलाई यसैगरी सिकाइएको छ । मैले तालिम दिँदा पनि बच्चा नभएका विवाहित दम्पतीले परिवार नियोजनका हर्मोनयुक्त साधन प्रयोग गर्दा हुन्छ भन्छु ।’ मलाई दुःख लाग्यो मैले उनलाई भने, ‘यो गलत कुरा हो । एउटा पनि बच्चा नभएकोलाई मैले कहिले डिपो सुइ लगाउने सल्लाह दिन्न । स्वास्थ्य मन्त्रालयका कोही पनि डाक्टरहरूले आफ्नो घर परिवारका महिलालाई यस्तो सल्लाह दिँदैनन् । किनभने यसले गर्दा प्रजनन्मा पछि समस्या पर्नसक्छ । हर्मोन सुइहरूको प्रयोग यसरी गर्नु हुन्न।’
परिवार नियोजन, गर्भपतन, आकस्मिक परिवार नियोजन, कण्डम आदिका बारेमा अनेक विज्ञापन र प्रचार प्रसार आउँछन्, तर जिम्मेवार भएर मात्रै यस्ता साधनहरु प्रयोग गर्नुपर्छ र शरीर परिपक्क नभई यौन सम्पर्कमा लिप्त हुनुहुँदैन भन्ने बारेमा कसैले बोल्दैनन् ।
चुरोट खाने, रगतको कमी, कुपोषण भएका महिलालाई परिवार नियोजनका हर्मोन युक्त साधनले बढी असर पार्न सक्छन् । हर्मोनयुक्त साधनहरूको प्रभावले महिलाको शरीरका हड्डी बढी फुसफुसे हुनसक्ने सम्भावना पनि हुन्छ ।
-डा.अरुणा उप्रेती-
दशैं भित्रिएको छ । दशैंको विशेष परिकार मासु हो । पहिला– पहिला मानिसहरुले मासु खानकै लागि दशैं कुर्नुपर्ने अवस्था थियो । तर समय परिवर्तन भएको छ । आजभोलि मानिसले चाहेको समयमा जस्तोसुकै परिकार र खाना खानसक्ने क्षमता राख्छन् ।
तर पनि नेपालीहरु दशैंलाई अझैपनि मासु खाने चाडकै रुपमा लिन्छन् । अन्य समय भन्दा दशैंको खानपान बढी नै हुन्छ ।
“दशैंंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न । कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दशैंंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरुको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरु धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।
पहिला–पहिला मानिस साइकल चढ्थे, आधा-एक घण्टा हिँडेरै जान्थे। तर अहिले मानिसको हिँडाइमा कमी आएको छ। यसले स्वास्थ्यमा असर पारेको छ। हामीले पहिलाको जस्तै खान्छौँ, तर व्यायाम भने हराएको छ।
दसैंमा हामी अझै बढी मासु खान्छौँ। खान हुदैन भन्ने होइन, तर एकदमै धेरै लतपत पारेको, धेरै मसला, धेरै नुन हालेको मासु खानु हुँदैन।
हप्ताभरि मासु खाइरह्यो भने समस्या आउँछ। मासु पच्न गाह्रो हुन्छ, मासुमा रेसादार पदार्थ पनि हुँदैन जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटपना भएकाहरुले मासुको अत्याधिक प्रयोग गर्दा समस्या थपिन्छ।
मासुसँगै चिउरा, रोटी, भात खाइन्छ। मिठो मासु छ भने भात अझै बढी खाने चलन छ। यसले शरीरमा अझै समस्या पार्छ, मोटोपन झनै बढाउँछ।
त्यसैले यो बेलामा मासु खाएसँगै हरियो तरकारी पनि पर्याप्त खानुपर्छ। एक छाकमा अलि बढी भएजस्तो लाग्यो भने अर्को छाकमा मासु खानु हुँदैन। पकाउँदा धेरै चिल्लो हाल्नु हुँदैन।
धेरै मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताउने, खाने अनि फेरि राख्ने गर्नु हुँदैन। यसले शरीरलाई हानी गर्छ। जति पकाउने हो फ्रिजबाट त्यति नै झिक्नुपर्छ।
दसैंको बेलामा शाकाहारीलाई पनि उत्तिकै खानेकुरा छन्। शाकाहारीले तरकारी, अचार, दही, मही पनिर खान सकिन्छ। ।
तरकारीको प्रयोग बढी गर्दा फाइदा हुन्छ। तर मिठाइहरु भने धेरै खानु हुँदैन। शाकाहारी मांशाहारी सबैले दसैंको बेलामा खानामा ध्यान दिनुपर्छ।
पत्रु खाना खानु हुँदैन। बालबालिकालाई बाहिरबाट ल्याएको प्याकेटयुक्त खाना खुवाउन हुँदैन। चाउचाउहरुमा तोकिएभन्दा ३७ देखि २ सय प्रतिशत बढी सोडियम मिसाइएको हुन्छ। यसले बालबालिकाको मृगौलामा असर पार्छ।
पत्रु खानालाई पत्रु ठानेर पत्रु बाकसमै राख्नुपर्छ। चिसो पेय पदार्थको कम प्रयोग गर्नुपर्छ। घरमै पेय पदार्थ बनाउन सकिन्छ।
दसैंको बेलामा मदिराको खपत धेरै हुन्छ। "दिनको एक प्याक ह्वीस्की ठिकै रहेछ "भनेर खाने गरिन्छ, जुन कुरा गलत हो। स्वास्थ्य बिगारेर मदिरा खानु राम्रो होइन।
दशैंं तिहार र अन्य धेरै संस्कृति, धार्मिक चाडपर्वलाई परिवार र साथीहरुसंग मिलेर मनाउनाले हाम्रो जीवनमा धेरै नै सकारात्मक भुमिका खेल्छ । दशैंं तिहारको बेला गाउँ घरमा कति जना वर्षभरि बाहिर काम गरेर घर फर्किन्छन् । इद र क्रिसमस मान्नेहरु आफ्नो धार्मिक दिवस पनि त्यसैगरी पारिवारिक जमघट गरेर रमाइलो गर्छन् । प्रत्येक चाडले मानव मनमा खुसी ल्याउछ, सम्बन्धहरु नजिक पार्छ, वातावरण रमाइलो पार्छ । यसले गर्दा स्वास्थ्यमा पनि विशेष गरी मानसिक स्वास्थ्यमा त झन प्रभाव पर्छ ।
तर यो रमाइलोको बेलामा यदि खानपिनमा (विशेष गरी विभिन्न स्वास्थ्य समस्या भएका बयस्क वा बूढाबूढीहरुले) खान पिनमा ध्यान राखेनन् भने त दशैंं र चाडपर्व सिद्धिने बित्तिकै अनेक स्वास्थ्य समस्या भएर डाक्टर, अस्पताल, औषधी आदिको पछि लाग्नुपर्छ ।
“दशैंंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न । कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दशैंंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरुको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरु धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।
तर खाएर शरीरको रगतमा गइसकेपछि ती वस्तुलाई चाहेर पनि निकाल्न सकिन्न । औषधीले केही दुखाई त कम गरे पनि दुखाइ सहनु नै पर्छ । फेरि कति चोटी त समस्या यती बढ्छ कि औषधीहरु पनि “कमजोर” साबित हुन्छन ।तैपनि “बरु पछि जे होला , देखा जाएगा , अहिले त आनन्द सँग खाउँ, मरेर जाने चोला त हो नि, किन पिर गर्नु” भन्ने जस्ता तर्क दिएर कतिजनाले खाइरहन्छन् ।
यसो गर्नु राम्रो होला र ?
-डा.रवीन्द्र पाण्डे-
चाडपर्व वा त्यसको अघिंपछि खानामा धेरै फरक गर्नु जरुरी छैन | आफ्नो उपलब्धता अनुसार सफा र स्वस्थ बनाएर सेवन गर्नु नै सर्वोत्तम योजना हो ।
सर्वोत्तम खाना कस्तो हुन्छ ?
१. पोषिलो : प्राकृतिक तथा घरेलु खाना जसमा पोषण (कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन, मिनरल्स आदि ) प्राप्त हुन्छ |
२. ठिक्क मात्रा : हरेक खाना न बढी न थोरै खानु स्वास्थ्यको लागि लाभदायक हुन्छ | आफ्नो पाचन शक्ति, शारीरिक परिश्रम तथा उमेर / तौल अनुसार हल्का हुने गरी खाना खानु स्वस्थकर हुन्छ |
३. भेराइटी : हामीले खानेकुरा खाँदा जति भेराइटी खान्छौं, त्यति नै स्वस्थकर हुन्छ | हरियो सागसब्जी, फलफूल, दुध, दही, गेडागुडी, अण्डा, माछामासु, सुप, नट लगायतका खाना आफ्नो रुचि र उपलब्धता अनुसार सेवन गर्नु उपयुक्त हुन्छ |
४. खानामा नुन, चिनी, जनावरको बोंसो / घ्यू , जंक फुड, मदिरा, फ्राइ गरेका खाना, बजारका खाना, कोल्ड ड्रिंक्स, धेरै पिरो / धेरै चिल्लो / मसालेदार खाना आदि एकदम कम खानु / नखानु स्वस्थकर हुन्छ |
५. खाना ताजा र सफा हुनु अत्यावश्यक छ |
६. मांसाहारीले मासु खाँदा बोंसो, छाला नखाने, मासु बराबर सागसब्जी, त्यहि बराबर हरियो सलाद, त्यहि बराबर दही / मही, त्यहि बराबर टुसा उमारेका गेडागुडी, त्यहि मात्रा अन्न तथा प्रशस्त पानी सेवन गर्ने हो भने अपचलगायतका समस्या हुँदैन |
७. चाडपर्वमा धेरै व्यक्तिलाई फुड प्वाइजनिंग, तीब्र अम्लपित्त, माइग्रेन, मुटुको समस्या आदि हुने गर्दछ | तसर्थ पोषण अनुशाशनमा रहनु राम्रो हुन्छ । स्वास्थ्य राम्रो भएमा दैनिक पर्व हुन्छ |
८. पेट खाली नगर्ने तथा सादा खाना खाने बानीलाई चाडपर्वमा पनि निरन्तरता दिनु राम्रो हुन्छ |
-रुपा थापा-
शरद आउँछ र
शरदसँगै जब उदाउँछ आशाको जुन
मालश्रीको धुन बनेर
धानको बालासँगै
जब मनका फाटभरी झुलिदिन्छन्
केहि थान जीन्दगीको मुस्कान
जीन्दगीको एउटा टेवलमा
म सँधैझैँ फिटिरहेछु
तासका ती पत्ताहरुसँगै
हरेक वर्ष मेटिदै गएका
आफ्नै हत्केलाका रेखाहरुलाई
वर पिपलका पातहरु
केहि थान यादलाई बोेकेर
कसैको प्रतिक्षामा फेरि पनि
त्यसै गरि सुस्ताउँछन्
यादहरुका बगैँचा बनेर
मुस्कुराइरहेका सयपत्रीसँगै
स्याना स्याना हातहरुबाट
त्यसै गरि छुटिरहेछन्
यादका ती लट्टाईसँगै
जीन्दगीको धागोमा बेरिएका चङ्गाहरु
एक थान खुसिहरु फुलाउन
परदेशिएका मुटुहरु
अस्ताउदै गरेको जुनसँग
हरेक वर्ष त्यसरी नै फर्कने वाचा गर्छन
आशिर्वादका जमराहरु सिउरिन
जीन्दगीका रोटे पिङले घुमाएर
जसरी परिक्षा लिदैछ जीन्दगीको
लाग्छ यो विशाल क्षितिजमा फिजिएको छ
लङ्गुर बुर्जाको खाल र
पल्टिन बाकि छ अझै पनि जीन्दगीको दाउ
दशैँ आउँछ र दशैसँगै
यादहरु बनेर जब टलक्क टल्किन्छ
जीन्दगीको ऐनामा
केहि थान तस्विर
प्रत्येक दशैँसँगै
म यसरी नै केहि थान
आशिर्वादका हातसँगै
जीन्दगीको जमरालाइ सेलाउदैछु
या भनौ प्रत्येक वर्ष यसरी नै शरदसँगै
जीन्दगीको टाकुराबाट चिह्याइरहेछु
भरिन नसकेका खुसीका ती घडाहरु
एकदिन फेरि भरिने आशामा
-डा.अरुणा उप्रेती -
दशैं भित्रिएको छ । दशैंको विशेष परिकार मासु हो । पहिला– पहिला मानिसहरुले मासु खानकै लागि दशैं कुर्नुपर्ने अवस्था थियो । तर समय परिवर्तन भएको छ ।
आजभोलि मानिसले चाहेको समयमा जस्तोसुकै परिकार र खाना खानसक्ने क्षमता राख्छन् । तर पनि नेपालीहरु दशैंलाई अझैपनि मासु खाने चाडकै रुपमा लिन्छन् । अन्य समय भन्दा दशैंको खानपान बढी नै हुन्छ ।
“दशैंंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न । कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दशैंंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरुको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरु धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।
पहिला–पहिला मानिस साइकल चढ्थे, आधा-एक घण्टा हिँडेरै जान्थे। तर अहिले मानिसको हिँडाइमा कमी आएको छ। यसले स्वास्थ्यमा असर पारेको छ। हामीले पहिलाको जस्तै खान्छौँ, तर व्यायाम भने हराएको छ।
दसैंमा हामी अझै बढी मासु खान्छौँ। खान हुँदैन भन्ने होइन, तर एकदमै धेरै लतपत पारेको, धेरै मसला, धेरै नुन हालेको मासु खानु हुँदैन।
हप्ताभरि मासु खाइरह्यो भने समस्या आउँछ। मासु पच्न गाह्रो हुन्छ, मासुमा रेसादार पदार्थ पनि हुँदैन जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटपना भएकाहरुले मासुको अत्याधिक प्रयोग गर्दा समस्या थपिन्छ।
मासुसँगै चिउरा, रोटी, भात खाइन्छ। मिठो मासु छ भने भात अझै बढी खाने चलन छ। यसले शरीरमा अझै समस्या पार्छ, मोटोपन झनै बढाउँछ।
त्यसैले यो बेलामा मासु खाएसँगै हरियो तरकारी पनि पर्याप्त खानुपर्छ। एक छाकमा अलि बढी भएजस्तो लाग्यो भने अर्को छाकमा मासु खानु हुँदैन। पकाउँदा धेरै चिल्लो हाल्नु हुँदैन।
धेरै मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताउने, खाने अनि फेरि राख्ने गर्नु हुँदैन। यसले शरीरलाई हानी गर्छ। जति पकाउने हो फ्रिजबाट त्यति नै झिक्नुपर्छ।
दसैंको बेलामा शाकाहारीलाई पनि उत्तिकै खानेकुरा छन्। शाकाहारीले तरकारी, अचार, दही, मही पनिर खान सकिन्छ। ।
तरकारीको प्रयोग बढी गर्दा फाइदा हुन्छ। तर मिठाइहरु भने धेरै खानु हुँदैन। शाकाहारी मांशाहारी सबैले दसैंको बेलामा खानामा ध्यान दिनुपर्छ।
पत्रु खाना खानु हुँदैन। बालबालिकालाई बाहिरबाट ल्याएको प्याकेटयुक्त खाना खुवाउन हुँदैन। चाउचाउहरुमा तोकिएभन्दा ३७ देखि २ सय प्रतिशत बढी सोडियम मिसाइएको हुन्छ। यसले बालबालिकाको मृगौलामा असर पार्छ।
पत्रु खानालाई पत्रु ठानेर पत्रु बाकसमै राख्नुपर्छ। चिसो पेय पदार्थको कम प्रयोग गर्नुपर्छ। घरमै पेय पदार्थ बनाउन सकिन्छ।
दसैंको बेलामा मदिराको खपत धेरै हुन्छ। "दिनको एक प्याक ह्वीस्की ठिकै रहेछ "भनेर खाने गरिन्छ, जुन कुरा गलत हो। स्वास्थ्य बिगारेर मदिरा खानु राम्रो होइन।
दशैंं तिहार र अन्य धेरै संस्कृति, धार्मिक चाडपर्वलाई परिवार र साथीहरुसंग मिलेर मनाउनाले हाम्रो जीवनमा धेरै नै सकारात्मक भुमिका खेल्छ । दशैंं तिहारको बेला गाउँ घरमा कति जना वर्षभरि बाहिर काम गरेर घर फर्किन्छन् । इद र क्रिसमस मान्नेहरु आफ्नो धार्मिक दिवस पनि त्यसैगरी पारिवारिक जमघट गरेर रमाइलो गर्छन् । प्रत्येक चाडले मानव मनमा खुसी ल्याउछ, सम्बन्धहरु नजिक पार्छ, वातावरण रमाइलो पार्छ । यसले गर्दा स्वास्थ्यमा पनि विशेष गरी मानसिक स्वास्थ्यमा त झन प्रभाव पर्छ ।
तर यो रमाइलोको बेलामा यदि खानपिनमा (विशेष गरी विभिन्न स्वास्थ्य समस्या भएका बयस्क वा बूढाबूढीहरुले) खान पिनमा ध्यान राखेनन् भने त दशैंं र चाडपर्व सिद्धिने बित्तिकै अनेक स्वास्थ्य समस्या भएर डाक्टर, अस्पताल, औषधी आदिको पछि लाग्नुपर्छ ।
“दशैंंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न । कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दशैंंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरुको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरु धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।
तर खाएर शरीरको रगतमा गइसकेपछि ती वस्तुलाई चाहेर पनि निकाल्न सकिन्न । औषधीले केही दुखाई त कम गरे पनि दुखाइ सहनु नै पर्छ । फेरि कति चोटी त समस्या यती बढ्छ कि औषधीहरु पनि “कमजोर” साबित हुन्छन ।तैपनि “बरु पछि जे होला , देखा जाएगा , अहिले त आनन्द सँग खाउँ, मरेर जाने चोला त हो नि, किन पिर गर्नु” भन्ने जस्ता तर्क दिएर कतिजनाले खाइरहन्छन् ।
यसो गर्नु राम्रो होला र ?
प्रकाशक
नविन कुमार श्रेष्ठ
सम्पादक
विनोद कुमार श्रेष्ठ
प्रबन्ध निर्देशक
कमला श्रेष्ठ
सूचना तथा प्रसारण विभाग
दर्ता प्रमाणपत्र नं.: 1965
Samakhusi, Kathmandu
Phone : 01-4382864
Mobile : 9851013929, 9845082388
Email : newmadd2018@gmail.com
© 2023 Newsajako सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies