15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अपहेलीत चन्द्र निघन्टु




 अपहेलीत चन्द्र निघन्टु

-डा.अरुणा उप्रेती-
मेरो घरमा घोड्ताप्रे आफैँ फलेको छ । सिँहदरबारबाट वैधखानाबाट निस्किएको चन्द्र निघन्टुमा घोड्ताप्रेको बयान यसरी गरिएको छ ।“स्मरण शत्ति बढाउने, चर्मरोगको लागि उपयोगि” अपशोच त घोड्ताप्रेको प्रयोग जन जनले धेरै गर्न सकेका छैनन् वा जानेका छैनन् ।

“यो एकचोटी फलेपछि आफै बढेर जान्छ । म यसको निकै प्रयोग गर्छु । सुकाएर पनि राखेको छु र यससलाई बिहान उठेर खान्छु” एक साथीले मलाई भनेकि थिइन् ।

म त्यसको दिन दिनै प्रयोग गर्न नसके पनि बारीमा गएको बेला म ..बेला धोएर खाइहाल्छु ।

त्यसै गरी अमलालाई “अमृत फल” पनि भनिदो रहेछ भनेर यो किताबमा लेखेको रहेछ । तर यो “अमृत फलले” अझै सम्म नेपालीहरुको दैनिक फल बन्ने मौका पाएको छैन । अमलाको मुख्य काम पेटको गडबडी बिरामीबाट भएर उठेपछि तागत दिलाउने, स्वास प्रस्वासको समस्या भएको बेला प्रयोग गर्न सकिन्छ भनेर लेखिएको छ च्यवानप्रस्को एक महत्वपूर्ण तत्व नै अमला हो तर अमलालाई बेवास्ता गर्ने हाम्रो बानी छ ।

त्यसैगरी निबुवा , कागतीको बारेमा यो किताबमा लेखिएको छ । अरुचि, अजीर्ण आदिको लागि ,अमलार निवुवामा भएको भिटामीन “सी” को उपयोगिता बारे शायद त्यति जानकारी नभएर होला भिटामीन “सी” को चक्कि खान बढि प्रेरित भइरहेको छ । सिहदरबार कार्यरत वैधहरुले अमला कागतीको त्यति प्रचारप्रसार गरेको पइदैन ।

असुरोको फोटो सहित यो किताबमा लेखिएको यसको पात, फूल र जरा सबै काम लाग्छ । यसले ज्वरो कम गर्न खोकी कम गर्छ । त्यसैगरि पालुङ्गको बारेमा लेखिएको छ । (आन्द्राको विकार), ज्वरो आदिमा प्रयोग गरिन्छ । त्यसैगरी पालुङ्गको बियाले कब्जियत हटाउन मद्दत गर्छ ।

घिउकुमारीको महत्वको बारेमा यसरी लेखिएको छ । वालवालिकालाई जुका नपरोस भनेर प्रयोग गर्न सकिन्छ । कलेजो र फियोको स्वास्थ्यको लागि राम्रो हुन्छ ।

घर वरिपरि भएका यस्ता औषधीहरु उक्त वनस्पतिको बारेमा यति सुन्दर र सहज ढङ्गले लेखिएको यो किताबको धेरै विज्ञापन नभएर होला सायद सिंहदरबार खाना भित्र लडिरहेका होलान् ।

विभिन्न जिल्लामा आयुर्वेद अस्पतालमा गएर यो किताबको बारेमा कुराकानी गर्दा त्यहाँका कर्मचारीलाई थाहा नभएको पाएँ । साह्ै्र अफशोस लाग्यो ।

त्यसैगरी मूला, धनियाँ, चम्सुर जस्ता सहजरुपले पाइने वनस्पतिको पनि बयान गरिएको छ ।

“सौप” ले गर्भवति सुत्केरी महिलाको गर्भाशय संकुचन गर्न मद्दत गर्ने रहेछ । त्यसैले नेपाली चलनमा सुत्केरीलाई “हलुवामा सौप” हालेर पकाउने चलन छ । त्यसैगरी पेटको समस्या समाधान गर्न छाती खराब हुदाँ पनि यसले मद्दत गर्छ । यसैमा वन मेथीको बारेमा पनि लेखिएको छ र घोडाको लागि अत्यन्तै हितकार हुन्छ भनेर लेखिएको छ ।

बेथे साग मात्रै होइन यसले पाचनक्रिया सुचारु पार्दै रगत बढाउने पेटको जुका मर्ने, मलमुत्र शुद्धिकरण गर्ने, रुचि वर्धक हुन्छ भनेर लेखिएको छ । बेथेको साग भनेर मुख गिज्याउनेहरुलाई यसको बारेमा धेरै फाइदा हुन्छ भन्ने थाहा पाए पछि त प्रयोग गर्छन होला ।

त्यसैगरी “जुही” जस्तो वास्नादार फुलको वर्णन गरिएको यस किताब बाट थाहा हुन्छ कि यसले आखाँलाई फाइदा गर्ने, रगत सफा गर्ने गर्छ ।

नेवारीमा “जुहिस्वा” भनेर र संस्कृतमा, चारुमोदा । यसलाई प्रयोग गर्न वैधहरुले सिकाए जस्तो लाग्दैन ।

यस्तो सहज रुपमा विभिन्न वनस्पती र फलफूलको बारे सुन्दर चिज सहित वर्णन गरिएको यो किताब किन चर्चामा आएको छैन । आयुर्वेद वैधहरुले यसको बारेमा कतै छलफल नगर्न भएको भन्ने पनि बुझिनसक्नु छ ।



Related News


यसमा तपाइको मत


Comments