11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हेभी वेट उपाधि नुवाकोटे टाइगरलाई




हेभी वेट उपाधि नुवाकोटे टाइगरलाई

काठमाडौं, २० जेठ । चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा नुवाकोटे टाइगरले हेभी वेट उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको प्रतियोगितामा टाइगरले डेभिडलाई पराजित गरे । उपाधिसँगै टाइगरले १ लाख ५५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । एक साताको अवधिमा टाइगर हेभी वेट च्याम्पियन बनेको दोश्रो पटक हो । टाइगरले जेठ १३ गते सुर्खेतमा भएको रेस्लिङमा पनि उपाधि जितेका  थिए ।


नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिता जोखिमपूर्ण मानिएको स्पर्धा हार्ड कोरमा साइनले चट्टानलाई हराउँदै १ लाख २५ हजार नगद पुरस्कार जितेका छन् । टुप्पी ग्याङ र एक्स हिरो÷सीजे वल्र्डबीचको ट्याग टिम म्याचमा एक्स हिरो/सीजे वल्र्डले बाजी मारे । एक्स हिरो÷सीजे वल्र्डले १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

लाइट वेट म्याचमा सुजल च्याम्पियन हुँदै ६५ हजार नगद पुरस्कार हात पारे । उनले कम्ब्याट कर्मालाई पाखा लगाए । महिलाको एक मात्र स्पर्धा लाइट वेट म्याचमा आकृतिले तनुलाई पन्छाइन् । आकृतिले ८० हजार नगद पुरस्कार हात पारिन् ।

विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा, आयोजक नेपाल रिङ रेस्लिङ संघका कार्यवाहक अध्यक्ष योगेश्वर श्रेष्ठ, महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom