16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

'डब्ल्यूएचओ' क्षेत्रीय निर्देशकमा नेपालका आचार्य पराजित, बङ्गलादेशकी वाजेद विजयी




'डब्ल्यूएचओ'  क्षेत्रीय निर्देशकमा नेपालका आचार्य पराजित, बङ्गलादेशकी वाजेद विजयी

काठमाडौं, १५ मंसिर । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकमा नेपालका शम्भुप्रसाद आचार्य पराजित भएक छन् । आचार्यलाई पराजित गर्दै बङ्गलादेशकी साइमा वाजेद विजयी भएकी हुन् । 
भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले आज बुधवार बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदलाई क्षेत्रीय निर्देशक चयन गरेको हो ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बङ्गलादेश, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्यान्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । उनीहरूले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्ने व्यवस्था छ ।
 



Related News


यसमा तपाइको मत


Comments