14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कुवेतबाट ५ वटा चार्टर्ड उडान हुँदै




कुवेतबाट ५ वटा चार्टर्ड उडान हुँदै


काठमाडौं, ११ साउन । कोरोना भाइरसका कारण कुवेतमा अलपत्र पाँच हजार ५ सय ४९ नेपालीहरु स्वदेश फर्किएका छन् । 
उनीहरु कुवेतमा रही कोरोना महामारीका कारण समस्यामा परेका एवं रोजगारीको करार समाप्त भएका नेपालीहरु हुन् ।

यसैबीच कुवेतस्थित नेपाली दूतावासले आगामी दिनमा हुने पाँच उडानको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार जुलाइ ३१ मा ३ वटा उडान हुँदै छ । उक्त दिन नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजिरा एयरवेजले एक(एकवटा उडान गर्ने भएको छ । 

अगस्त २ मा भने हिमालय एयरलाइन्सले एउटा उडान गर्दै छ । अगस्त ५ मा जजिरा एयरवेजले पनि एउटा उडान गर्दै छ । उडान हुने समय पछि प्रकाशित गर्ने दूतावासले जनाएको छ ।

हेर्नुहोस् 

चार्टर्ड उडान संचालन सम्बन्धी सूचना ।
------------------------------------------------
कुवेतमा रही कोभिड-१९ महामारीका कारण समस्यामा परेका एवं रोजगारीको करार समाप्त भएपश्चात पनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण स्वदेश फर्कन नपाइरहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाइ स्वदेश फिर्तीको लागि तपशिल बमोजिका ५ वटा हवाइ उडानहरू संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छः

तपशिल
------------
मितिः ३१ जुलाइ २०२०

१) नेपाल एयरलाइन्स-१
२) हिमालय एयरलाइन्स-१
३) जजिरा एयरवेज-१
--------------------------
मितिः २ अगष्ट २०२०

४) हिमालय एयरलाइन्स-१
-------------------------
मितिः ५ अगष्ट २०२०

५) जजिरा एयरवेज-१
-------------------------
उडान हुने समय पछि प्रकाशित गरिने छ ।
-------------------------------------------------
नेपाली राजदूतावास, कुवेत
मिति २०७७।०४।१० (तदनुसार २५ जुलाइ २०२०)



Related News


यसमा तपाइको मत


Comments