14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 वैदेशिक रोजगारमा ज्यान गुमाएका, अशक्त भएकाको बालबालिकालाई छात्रवृत्ति




 वैदेशिक रोजगारमा ज्यान गुमाएका, अशक्त भएकाको बालबालिकालाई छात्रवृत्ति


काठमाडौं, ११ साउन । वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिकका ३२ बालबच्चालाई छात्रवृत्ति प्रदान गरेको छ । वैदेशिक रोजगार बोर्डले रोजगारीका सिलसिलामा विभिन्न देश पुगेका बेला दुर्घटना वा अन्य कारणले ज्यान गुमाएका तथा अशक्त बनेका श्रमिकका ३७ बालबच्चालाई बोर्डले छात्रवृत्ति उपलव्ध गराएकामा ३२ जनाले मात्र सो छात्रवृत्ति पाएका हुन् । 

अन्य ५ छात्र-छात्राको ठेगाना नखुलेकाले छात्रवृत्ति रकम फिर्ता पठाइएको बौर्डले जनाएको छ । बाबु÷आमा गुमाएर वा बाबु÷आमाको अशक्तताको कारण अभिभावकविहीन बनेका छात्र÷छात्राको पठन–पाठनमा सघाउ पुर्‍याउने लक्ष्यका साथ बोर्डले आर्थिक वर्ष २०७६÷०७७ मा सुरक्षित आप्रवासन परियोजनासँगको समन्वयमा छात्रवृत्ति उपलव्ध गराएको हो । 

बोर्डले वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०७१ बमोजिम पीडित परिवारका कक्षा १ देखि कक्षा ८ सम्मका छात्रछात्रालाई जनही ८ हजार र कक्षा ९ देखि कक्षा १२ मा अध्ययनरत छात्रछात्रालाई जनही १२ हजारका दरले छात्रवृत्ति उपलव्ध गराएको जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा कक्षा ८ सम्मका २८ जना र सोभन्दा माथिका ९ जना छात्रछात्राले छात्रवृत्ति पाएको कार्यक्रम संयोजक ओजोनबाबु  आचार्यले बताएका छन् ।  

वैदेशिक रोजगार बोर्डले श्रम स्विकृति लिएर विदेश गएको अवस्थामा करार अवधिमा मृत्यु भएका, अङ्गभंग वा अशक्त भएका तथा बेपत्ता भएका परिवारका बालबच्चाका लागि केही वर्ष अघिदेखि हरेक वर्ष शिक्षा विकास तथा समन्वय इकाईमार्फत छात्रवृत्ति रकम पठाउने गरेको छ । 



Related News


यसमा तपाइको मत


Comments